बिरगंजः रुरल स्किल डेभलपमेन्ट सेन्टर प्रा.लि. को आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा नगरपालिका वडा नम्बर ९ सेमरबारीमा संचालित १ महिना सिलाई कटाई तालिम आज सम्पन्न भएको छ ।
पोखरिया नगरपालिकाको वडा नम्बर ३,६,७,८,९ र १० का महिलाहरुले संचालन गरिएको तालीममा सहभागी महिलाले सिलाई कटाई बुनाईको सीप सिकेका छन । महिलाले यसरी सीप सिकेर सिकेको सिपलाई जीवन उपयोगी बनाउदै आर्थिक रुपान्तरण गर्न सक्नु पर्ने पोखरिया नगरपालिकाका उप प्रमुख रुबी ठाकुरले बताईन।
नगरपालिकाले पोखरियाका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले समय समयमा यस्ता विभिन्न तालीमको आयोजना गर्दै आएको छ। १ महिना सिलाई कटाई तालिमका सहभागीहरुलाई आज १२ जना महिला हरु लाई पोखरिया नगरपालिका कि उप प्रमुख रुबी ठाकुरले प्रमाणपत्र तथा सिलाई कटाई मेसिन समेत हस्तान्तरण गर्नुभएको हो ।
सिलाई कटाई तालिम समापन कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष नौसाद आलमको अध्यक्षतामा सम्पन्न भएको थियोे । समापन कार्यक्रम कार्यक्रममा सामाजिक शाखा प्रमुख वाल्मीकि साह,सहायक नरेन्द्र साह, प्रशासन प्रमुख संजय पाण्डे, नेकपा एमाले नगर अध्यक्ष बिन्धाचल ठाकुर, बिजय झा, निरज ठाकुर, नेता मनोज चौहान, रामअयोध्या कुर्मी, पारस ठाकुर, शिक्षक बिन्दा देबी चौरसिया, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगाएतको सहभागीता रहेको थियो ।