२१ साउन, काठमाडौं । निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गअन्तर्गत धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं(निजगढ तर्फको धेद्रे सुरुङ ब्रेक थ्रु भएको घोषणा गरे ।
मकवानपुरको बकैया गाउँपालिकास्थित धेद्रेको ब्रेक थ्रु भएसँगै पोलि छङ्गदा निर्माण कम्पनीले निर्माण ठेक्का लिएको प्याकेज नम्बर दुईका सबै सुरुङ वारपार छेडिएको छ ।
यसअघि लेनडाडाका दुबै सुरुङको ब्रेक थ्रु भइसकेको छ । बाँकी रहेको काठमाडौं(निजगढ तर्फको धेद्रे सुरुङ पनि आज छेडिएको हो ।
ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्रीको साथमा अर्थमन्त्री, रक्षा मन्त्री, भौतिक पूर्वाधार मन्त्री, प्रधानसेनापतीका साथै नेपालका लागि चिनियाँ र कोरियन राजदूतहरु पनि सहभागी छन् ।
कुल ७०।९७७ किलोमिटर लामो द्रूत मार्गमा कुल १०।३०९ किलोमिटर सुरुङमार्ग रहेको छ । यसमध्ये धेद्रे सुरुङ १६९१ मिटर लामो छ ।
यस आयोजनामा कुल ६ स्थानमा सुरुङ बन्दैछन । जसमध्ये सबैभन्दा लामो ३३५५ मिटर लामो सुरुङ महादेवडाडामा बन्दैछ । जसको ६५ प्रतिशत काम सम्पन्न भइसकेको नेपाली सेनाले जनाएको छ ।
यो आयोजनाको समष्टिगत प्रगति भने ३५।३८ प्रतिशत पुगेको सेनाले जनाएको छ । २१ बैशाख २०७४ को निर्णय अनुसार काठमाडौं तराई द्रुत मार्ग निर्माण व्यवस्थापनको जिम्मा नेपाली सेनालाइ दिएको हो । जसलाई सेनाले विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको छ ।
अहिले ६।५ किलोमिटरदेखि ७०।९७७ किलोमिटर सड्क खण्डमा काम भइरहेको छ । तर, सुरुआती बिन्दुबाट ६।५ किलोमिटर खण्डमा भने विवादका कारण काम सुरु हुन सकेको छैन । ललितपुरको खोकनाबाट बाराको निजगढ निस्कने गरी द्रुत मार्ग बन्दैछ । अनलाइन खबर