अमेरिकी डलरको भाउ बढ्ने क्रममा रहेको छ। बिहीबार डलर हालसम्मकै महँगो भएको छ।
बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर १३४ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६४ पैसा तोकिएको छ।
यो मूल्य हालसम्मकै उच्च हो।
यसअघि बुधबार डलरको भाउ १३४ रूपैयाँ ६३ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा आजको मूल्य १ पैसा बढी हो।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहीबार युरोपियन युरो एकको खरिदमा भने १४६ रूपैयाँ ३९ पैसा र बिक्रीमा १४७ रूपैयाँ ०५ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७० रूपैयाँ ६८ पैसा र बिक्रीदर १७१ रूपैयाँ ४४ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ १० पैसा र बिक्रीमा ८८ रूपैयाँ ४९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ५३ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७० पैसा र बिक्रीदर ३५ रूपैयाँ ८६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २९ रूपैयाँ ८१ पैसा र बिक्रीमा २९ रूपैयाँ ९४ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३८ रूपैयाँ १४ पैसा र बिक्रीमा ४४० रूपैयाँ १० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५८ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १७ पैसा तोकिएको छ।