आर्थिक नगरीले परिचित वीरगञ्ज महानगरपालिकामा ट्राफिक ब्यवस्थापन तथा दुर्घटना न्युनिकरणका लागि खटिएको ट्राफिक प्रहरीको लापरवाहीले गर्दा अवस्था अहिले अस्तब्यस्त देखिएको छ ।
महानगरमा सवारीको चाप बढेसंगै ट्राफिक प्रहरीहरुको लापरवाहीले गर्दा ट्राफिक ब्यवस्थापनमा अवस्था अहिले अस्तब्यस्त भएको देखिएको हो ।
पर्सा जिल्लामा ट्राफिक ब्यवस्थापन तथा दुर्घटना न्युनिकरणका लागि ६० जना प्रहरी खटाईएको छ । महानगरको एरियामा मात्र शंकराचार्य गेट देखि गण्डक नहर सम्म तिन सिफ्टमा करिब २० देखि २५ जना प्रहरी खटाईएको हुन्छ । तै पनि बजार एरियामा नचाहिदौं सवारीको जांम लाग्नु, ओभरटेक, एकतर्फी बाटोमा पनि सवारी भित्रियाउनु र जेब्रा क्रसिङ्गलाई नमानेर नियम उलंघन गर्नु भनेको ट्राफिक प्रहरीले डियुटीमा पनि लापरवाही गरिरहेको पुष्टि हुन्छ ।
ट्राफिक ब्यवस्थापन तथा दुर्घटना न्युनिकरणका लागि खटाईएको ट्राफिक प्रहरी नै आफ्नो डियुटी भुलेर लापरवाही गर्न थाल्यो भने महानगरमा ट्राफिकको अवस्था अस्तब्यस्त हुनुमा कुनै शंका नरहेको देखिन्छ ।
यता वीरगञ्ज महानगरको मुख्य बजार भनेर चिनिने घण्टाघर चौकमा ट्राफिक लाईट जडान भएको दुई बर्ष पुग्दा पनि अहिले सम्म अहिलेसम्म पूर्ण ब्यबस्थापन हुन सकेको छैन । महानगरले जडान गरेको ट्राफिक संकेत लाईट अहिले प्राबिधिक कमि कमजोरी र ट्राफिक प्रहरीको लापरवाहीले कामै नलाग्ने भएपनि सुधारमा ल्याउने तर्फ कसैको ध्यान नपुगेको देखिन्छ ।
बजार एरियामा ठुँला धनाड्डे किसिमका देखिने गाडीका चालकहरुले जेब्राक्रसिङ्ग, एकतर्फी बाटोमा पनि सवारी साधन प्रवेश गरेर नियम कानुनको उल्घंन गरेको हेर्दा पनि आफ्नै तालमा प्रहरीहरु बसेका हुन्छन । तर अलि कम पढेलेखेका ग्रामिण भेगका नयाँ चालकहरुलाई हेर्ने बितिकै ट्राफिक प्रहरीहरुले सवारी साधनलाई नियन्त्रणमा लिएर आफ्नै हिसाबले रकम असुली गर्ने गरेको ट्राफिक चेकिङ्गमा परेका जेकोहीले पनि हेर्न सक्ने छन ।
पर्सा जिल्लामा ट्राफिक प्रहरीहरुले अहिले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफीक नियम सम्बन्धी बिभिन्न सचेतानामुलक कार्यक्रम सन्चालन गरेर आफु स्वछ रहेको देखाउछन, तर सवारी चेकिङ्गको नाममा ठुलालाई चैन र सानालाई ऐन पाल्ना गर्नु परेको पनि बजार क्षेत्रमा भोग्न सक्छन ।
२०६२/०६३ को जन आन्दोलन पछि आ.व २०७९/०८० मा आदित्य कन्ट्रक्सनको टेन्डरमा करिव ३८ लाख बराबरमा ठेका सकार गरेको र ३७ लाख लागतमा वीरगन्जको घण्टाघर स्थित ट्राफिक लाईट जडान भएको महानगरका सडक तथा यतायात ब्यवस्था शाखाले जानकारी दिएको हो । ट्राफिक लाईटमा अहिले कुनंै किसिमको प्राबिधिक कमि कमजोरी नरहेको दावी गर्दै शाखा प्रमुख बिजय रौनियारले ट्राफिक प्रहरीको बादमासीका कारणले नै लाईट कहिल्यै बन्द त कहिल्यै चलिरहेको बताएका छन । उनले भने ट्राफिक प्रहरी कार्यालयबाट लाईट खराब रहेको भनेर अहिले सम्म कुनै किसिमको पत्रचार गरिएको छैन । ट्राफिक प्रहरीहरुले आफ्नो गल्तीलाई ढाकछोप गर्न मात्र महानगर र टेन्डर रहेका संंस्थालाई बदनाम गरिरहेको बताएका छन ।
यता तत्कालिन ट्राफिक प्रमुख मणिराम थापाले आफु परिक्षण गरेर २०८० साउन १ गते देखि ट्राफिक लाईट संचालनमा ल्याएका थिए । प्रमुख थापाले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने र सवारी दुर्घाटनामा न्युनिकरण हुने उदेश्यले वीरगन्जमा ट्राफिक लाईट जडान गरिएको बताएका थिए ।
ट्रफिक प्रहरीको पछिलो र अहिलेको आकडा हेर्दा सवारी दुर्घाटनामा यस बर्ष बृद्धी र आर्को तर्फ राजस्व संकलन घटदैं गएको देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लङ्घन गर्ने आव २०८०/८१ मा २७ हजार तीन सय ७२ सवारी साधनलाई कारबाही गरेर एक वर्षमा २ करोड ७६ लाख ६१ हजार ९ सय ५४ रुपैया रकम राजस्व सङ्कलन गरेको हो, भने आव २०७९/८० मा कार्यालयले ३५ हजार ५ सय ३४ ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनका चालकहरुलाई कारबाही गरेर ३ करोड ४२ लाख ६५ हजार जरिवाना सङ्कलन गरेको थियो । यो आकंडाको तुलनामा आव २०८०/८१ मा पर्सामा सवारी चालकले ट्राफिक नियम उलंघन गरेर सङ्कलन हुने जरिवाना वापतको राजस्व एकै वर्षमा ६६ लाखले घटेको छ ।
यता दुर्घाटनाको अनुपात हेर्दा ट्राफिक कार्यालय पर्साका अनुसार आ.व.२०८०/८१ मा मात्र पर्सा जिल्लामा ७ सय ९६ सडक दुर्घटना हुदा ५१ जनाको मृत्यु हुनुको साथै ८ सय ४ जना घाईते भएका छन् । भने पछिलो अवस्था हेर्दा आ.व २०७९/०८० मा भने ४ सय ९८ सवारी दुर्घाटना हुदाँ ३९ जनाले ज्यान गएका थियो । अघिल्लो आवको तुलनामा गत आवमा सवारी दुर्घटनाको संख्या पनि बढेको र दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या अघिल्लो आवको तुलनामा एक तिहाईले बढेको तथ्यांकले पर्सा जिल्ल्लामा ट्राफिक प्रहरीको कमिकमजोरी रहेको पनि पुष्टी हुन्छ ।
ट्राफिक प्रहरी कार्यालय पर्साको मातहतमा त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगंजका ड्राईपोर्ट, पावरहाउस, गण्डक, परवानीपुर, लगायतका ठाँउमा खटिने बिट ईन्चार्ज तथा सडकमा खटिएका ट्राफिक प्रहरीहरुलाई चेकजाँचको नाममा अवैध असुलीमा नै ब्यस्त रहेको स्रोतले जनाएको छ ।
पर्साका ट्राफिक प्रहरीहरुले बिरगंज भन्सार तथा आईसिपिबाट पास भएर आउने भारतिय मालवाहक सवारी साधनहरुसंग बिभिन्न किसिमको केरकार गरेर अबैध तरिकाले सय देखि पाँच सय तथा हजार सम्मको अझै ओभरलोडिङ्ग गााडिसंग त १५ हजार सम्म रकम असुली गरिरहेको स्रोतको दावी छ । यति मात्र होईन्न, ग्रामिण भेगका धैरे जसो मानिसहरुले अशिक्षित रहेका कारण लाईसेन्स निकाल्न सकेका छैनन र सो बिषयको फाईदा उठाएर सवारी ब्यवस्थापनमा पावरहाउस, घण्टाघर, माईस्थान चौकमा खटिने ट्राफिक प्रहरीहरुले पहिला त बिभिन्न किसिमको धाकधम्की दिने र पछि राजस्व चिट काटनुको सट्टा एक हजार सम्म असुली गरिरहेको ट्राफिक चेकिङ्गमा परेको जोकोहीले पनि हेर्न स्रक्छ ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अबैध तरिकाले रकम असुल्ने गरेका छन् । सरकारी तलब खाएर, कानुनको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको ट्राफिक प्रहरीले पर्सामा सवारी चालकहरुलाई आतंकित पारेका छन । मासिक र दैनिक रुपमा असुलीको नियम बनाएर ट्राफिक प्रहरीहरुले अबैध रकम उठाइरहेको सवारी चालकहरु बताउँछन् ।
जनताको सुरक्षाको मुल जिम्मेवारी पाएका प्रहरी प्रशासनले नै सवारी चेकिङ्गको नाममा जहातही यस्ता बदनियत कार्य गर्न थाल्यो भने राजस्व संकलनमा कमि र दुर्घाटना बढनुको कुनै शंका छैन्न र ट्राफिक प्रहरीहरुको लापरवारीले गर्दा नै राजस्व घटे संगै दुर्घाटनामा बृद्धी र प्रहरी माथीको जनताको बिश्वास पनि घटेको देखिन्छ ।
अहिले पर्सा जिल्लामा निकै नाम चलेका प्रहरी प्रमुख कुमोद ढुंगेल आएका छन तर उनी कार्यरत रहेको बेलामा पनि यी यस्ता ट्राफिक भित्रको बिकृति अन्त्य हुने आम अपेक्षामा भने कुनै परिवर्तन आउन नसक्नुलाई उदेक मान्नुपर्ने अवस्था रहेको छ ।
यस बारेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडासँग सम्पर्क गर्दा समयानूकुल सुधारको सम्भाव्य सबै उपाएको अपलम्बन गरिएको बताएका छन । उनले लागेका आरोपका बारेमा यो सबै ट्राफिक प्रहरीलाई कमजोर र बदनाम गर्ने अभिप्राय भएको बताउँदै सबै काम कारवाही कानूनले दिएको परिधिभन्दा एक इञ्च पनि दायाँ बाँयाँ नभएको तर्क गर्छन । उनी तैपनि औंल्याइएका वास्तबिक कमजोरीलाई सुधार गर्दै लगिने समेत बताउनुहुन्छ ।