काठमाडौं । अगस्ट ९ मा कोलकाताको आरजी कर मेडिकल कलेज र अस्पतालमा एक पीजी प्रशिक्षार्थी महिला डाक्टरको बलात्कारपछि हत्या गरिएको थियो ।
यो घटनाको विरोधमा देशभरका चिकित्सकहरु आन्दोलनमा छन् । सर्वसाधारण उपचारका लागि आरजी कर मेडिकल कलेज र अस्पतालमा पुगेका छन् । यो घटना त्यही अस्पतालमा भएको हो ।
एएनआईसँग कुरा गर्दा उपचारका लागि गएका बिरामीहरूले उनीहरू दुई घण्टादेखि पर्खिरहेको बताए। उनीहरूका अनुसार उनीहरूलाई अस्पताल खुलेको हो कि बन्द थाहा छैन ।
महाराष्ट्रको जीएमचीएच (सरकारी मेडिकल कलेज र अस्पताल) को ओपीडी अगाडि डाक्टर र मेडिकल विद्यार्थीहरू प्रदर्शन गरिरहेका छन्।
आन्दोलनरत एक डाक्टरले एएनआईलाई भने – उनी राष्ट्रव्यापी हडतालमा सामेल भएका छन्। महाराष्ट्रका सबै सरकारी अस्पतालका सबै आवासीय चिकित्सकहरूले आज सेवा बन्द गरेका छन्। यद्यपि, आपतकालीन सेवाहरू जारी रहनेछन्।
प्रदर्शनमा दिल्ली र बिहारका डाक्टर र मेडिकल विद्यार्थीहरू पनि सहभागी थिए। दिल्लीको राम मनोहर लोहिया अस्पताल, एम्स र बिहारको एम्सका डाक्टरहरू पनि हडतालमा छन्।
हडतालमा उत्रिएका चिकित्सकहरुले घटनाको सिबिआई छानबिन गर्न माग गरेका छन् ।
एफएआइएमए (फेडरेशन अफ अल इन्डिया मेडिकल एसोसिएशन) ले अगस्ट १३ देखि राष्ट्रव्यापी हडतालको घोषणा गरेको थियो।
जसमा देशभर ओपिडी सेवा बन्द गर्न आग्रह गरिएको थियो । यसअघि फोर्डा (फेडरेशन अफ अल इन्डिया रेजिडेन्ट डाक्टर्स एसोसिएसन) ले पनि देशभर हडताल गर्ने घोषणा गरेको थियो।