बिहीबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३४ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६२ पैसा कायम गरिएको छ।
बुधबार अमेरिकी डलर एकको खरिददर १३४ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रूपैयाँ ६६ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ४ पैसा घटेको हो। आज युरोपियन युरो एकको खरिदमा भने १४७ रूपैयाँ ७२ पैसा र बिक्रीमा १४८ रूपैयाँ ३८ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ८० पैसा र बिक्रीमा ८९ रूपैयाँ २० पैसा तोकिएको छ।
क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ७५ पैसा र बिक्रीमा ९८ रूपैयाँ १८ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रूपैयाँ १२ पैसा र बिक्रीदर १७२ रूपैयाँ ८९ पैसा तोकिएको छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ७० पैसा र बिक्रीदर ३५ रूपैयाँ ८६ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४९ र बिक्रीमा ३६ रूपैयाँ ६५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार ३० रूपैयाँ ३२ पैसा र बिक्रीमा ३० रूपैयाँ ४६ पैसा पाइन्छ।
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ९३ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ८९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रूपैयाँ १५ पैसा तोकिएको छ।