१० भदौ, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज महँगिएको छ ।
अघिल्लो दिनको तुलनामा एकैदिन प्याजको भाउ औसत १६ प्रतिशतले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । अघिल्लो दिन प्रतिकिलो अधिकतम १०५ रुपैयाँमा कारोबार भएको प्याज सोमबार भने १२० रुपैयाँ पुगेको छ ।
कालीमाटीमा हाल स्कुस सबैभन्दा सस्तो भएको छ । स्कुसको सिजन सुरु भएकाले यो तरकारी प्रतिकिलो अधिकतम ३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा आज परवर, लौका, घिरौंला सस्तिएको छ ।
गाजर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । समितिका अनुसार सोमबार नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो ७० रुपैयाँ छ । रातो आलु ७०, स्थानीय गाजर १००, बन्दा ७०, स्थानीय काउली १००, लाम्चो भन्टा ४०, डल्लो भन्टा ५०, तने बोडी ८० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
घिउ सिमी ८०, टाटे सिमी ९०, तिते करेला ४०, लौका ५०, परवर ६०, चिचिण्डो ४०, घिरौंला ४०, भिण्डी ४० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । ब्रोकाउली २००, कन्य च्याउ १८०, डल्ले च्याउ ३५० तथा कुरिलो ३५० रुपैयाँ प्रतिकिलो छ ।