सामाजिक संस्था जिल्ला समन्वय समिति पर्सा(SODCC) को आयोजना तथा रेसलेस्ट डेब्लोमेन्ट ,लिभिनि डिलटास,हेल्पएज इन्टरनेशनल,न्युक्यासटेल युनिससिटिको समन्वयमा आज बीरगंज महानगरपालिकाको सभा हलमा ‘जलवायु परिवर्तनको प्रभावलाई महशुस गर्ने हामी पहिलो पुस्ता र केही गर्न सक्ने अन्तिम पुस्ता हौं ’ भन्ने मुल नाराका साथ जलवायु परिवर्तन सम्बन्धि अन्तरपुस्ता संवाद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बीरगंज महानगरपालिकाका प्रशासकीय अधिकृत मातृका भट्टराईको प्रमुख आतिथ्यमा सो जलवायु परिवर्तन सम्बन्धि अन्तरपुस्ता संवाद अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रशासकीय अधिकृत भट्टराईले स्थानीय सरकारले गर्नुपर्ने सहयोग जारी रहने बताउनुभएको छ। उहाँले भने यसका लागि सबै स्टेट होलडरहरु संग हातेमालो गरेर जानुपर्ने अर्थात विभिन्न संघसंस्थाका जिम्मेवारी ब्यक्तिहरु र सरकारी निकायका जिम्मेवारी पदका प्रमुखहरु र संघीय सरकार प्रदेश सरकार सबैले आ–आफ्नो ठाउँबाट प्रतिबद्धता गरेको खण्डमा आउने दिनहरुमा सुधार गदै अहिले नै लाग्नुपर्ने सुझाव दिनुभएको हो । हामीले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग र प्रतिबद्धता संगसगै निगरानी बेलाबखत गर्न आवश्यक रहने बताए ।
कार्यक्रममा जलवायु परिवर्तन बारे उज्ज्वल उपाध्यायले प्रकाश पार्ने क्रममा अहिले जलवायु परिवर्तनका कारण खडेरी लाग्ने ,समयमा पानी नपर्ने ,चुरे उथ्खन ,अर्थात बन विनाश ,संस्कृतिकमा असर लगायतलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारेमा बताउनुभएको थियो ।हिजो २० वर्ष पहिला जलवायु परिवर्तनको खासै असर थिएन अहिले आएर हरेक क्षेत्रमा यसको असर परिरहेकोले अहिले नै स्थानीय सरकारले यसबारेमा चासो लिनुपर्ने बताएका छन् । उनले भने जसरी हिजोका समयमा पानी पर्ने र विना विषादीको अन्नपात देखि लिएर खागपात तथा अन्य क्षेत्रमा यसको असर थिएन अहिले आएर यी विषादीको प्रयोगले स्वास्थ्यमा विभिन्न रोगहरु जस्तै क्यान्सर ,मृगौला ,किड्नी , स्वासप्रस्वास देखि वातावरणमा समेत ठूलो असर परिरहेको बताएका छन् । यसलाई बेलामा जनचेतनामूलक कार्यक्रम मार्फत रोकथाम गर्न जरुरी रहेको बताए । जितुसीतु कार्यक्रम संयोजक जय किशोर साहले जलवायु परिवर्तनको बारेमा अब सबैजना एक ठाउँमा उभिएर काम गर्ने आवश्यकता रहेको बताएका छन् ।
जितुसीतुका निल कोडिनेतर जय कान्त उपाध्या स्वागत तथा उदेश्य माथि प्रकाश पार्नु भएको थियो ।कार्यक्रममा संगीता महर्जनले कार्यक्रम संचालन गरेकी थिइन् भने कार्यक्रममा बीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्ण,सामाजिक संस्था जिल्ला समन्वय समितिका जिन्सी प्रमुख दुलरचन्द साह,न्यायीक समितिका धनराज थापा तथा विभिन्न संघसंस्था पदाधिकारीहरु र बीरगंज महानगरपालिकाका विभिन्न शाखाका प्रमुखहरुको उपस्थित रहेको थियो ।