बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना तीन साताभन्दा बढी समयदेखि भारतमा निर्वासित छन् ।भारत सरकारले उनलाई र उनकी कान्छी बहिनी शेख रेहानालाई तत्कालका लागि कडा गोपनीयता र कडा सुरक्षामा राखेको छ, तर उनीबारे अन्तिम निर्णय के हुन्छ भन्नेबारे अझै पनि अन्योल छ ।
उनी भारतमा निर्वासित रहेकै बखत बंगलादेश सरकारले उनको कूटनीतिक राहदानी खारेज गर्ने निर्णय गरेपछि भारतमा उनी बस्ने कानूनी आधारबारे पनि प्रश्न उठ्न थालेको छ ।बीबीसी बांग्लाले दिल्लीमा रहेका भारत सरकारका केही उच्च अधिकारी र विश्लेषकहरूसँग यसबारे गरेको कुराकानीका आधारमा हसिनासँग जम्मा ३ विकल्प रहेको निष्कर्ष निकालेको छ ।
पहिलो विकल्प, हसिनालाई तेस्रो मुलुकमा शरणको व्यवस्था गर्नु हो, जहाँ उनलाई सुरक्षित वातावरणको ग्यारेन्टी दिइनेछ ।
दोस्रो, हसिनालाई राजनीतिक शरण दिएर भारतमा नै राख्नु हो ।
बीबीसी बांग्लाका अनुसार तेस्रो विकल्प हसिनालाई बंगलादेशकै राजनीतिमा पुनःस्थापना गर्नु हो, जुन अहिले कार्यान्वयन गर्न सम्भव नहुन सक्छ ।
भारतका केही अधिकारीहरूले हसिनालाई अवामी पार्टीको राजनीतिक शक्तिका आधारमा बंगलादेशमा पुनः स्थापना गर्न सहज रहेको मानेका छन् । भारतका कतिपय विश्लेषक र कूटनीतिज्ञको नजरमा हसिनालाई तेस्रो देशमा शरण दिलाउनु सर्वश्रेष्ठ विकल्प हो ।
यदि हसिना भारतमै बसिरहिन् भने दिल्ली(ढाका सम्बन्धमा प्रतिकूल असर पर्न सक्ने उनीहरूको राय छ ।
यतिबेला भारत-बंगलादेश सुपुर्दगी सन्धिअन्तर्गत हसिनालाई सुपुर्दगी गर्न ढाकाबाट कुनै अनुरोध आएमा दिल्लीले कुनै न कुनै आधारमा अस्वीकार गर्ने निश्चित छ ।
तेस्रो देशकसरीपठाउने ?
भारतको पछिल्लो आधिकारिक भनाइका अनुसार हसिनाको भ्रमण ‘अस्थायी’ हो ।
विदेशमन्त्री एस जयशंकरले अगस्ट ६ मा संसदमा बंगलादेशबारे बोल्दै हसिनाको भारत भ्रमण अस्थायी रहेको बताएका थिए । त्यसयता भारत सरकारले कुनै आधिकारिक वक्तव्य जारी गरेको छैन ।
भारत सरकारले हसिनालाई तेस्रो मुलुक पठाउने प्रयास अझै तीव्र गतिमा गरिरहेको छ । यदि त्यो प्रयास सफल नभए उनी भारतमै राजनीतिक शरण लिएर बस्नेमा कुनै शंका देखिन्न ।
विदेश मन्त्रालयका एक उच्च अधिकारीले भनेका छन्, ुहामी राम्रो परिणामको आशा गरिरहेका छौं, सँगसँगै खराब परिणामको पनि तयारी गर्दैछौं ।ु
यसको मतलब हसिनालाई तेस्रो देश पठाउन सम्भव नभए भारतमै शरण दिएर राख्न पनि भारत तयार हुनु हो ।
हसिनाको बेलायत भ्रमणको प्रस्ताव अघि बढ्न नसकेपछि भारतले यूएई ९संयुक्त अरब इमिरेट्स०, साउदी अरेबिया र केही साना युरोपेली देशहरूसँग यस विषयमा छलफल गरिरहेको छ ।
कतारसँग पनि निरन्तर वार्ता भइरहेको स्रोतहरूको दाबी छ ।
यद्यपि हसिना आफैंले अहिलेसम्म कुनै पनि देशलाई लिखित निवेदन दिएकी छैनन् । उनको तर्फबाट र भारत सरकारको मौखिक सहमतिको आधारमा सबै छलफलहरू भएका छन् ।
एउटा प्रश्न अझै अनुत्तरित छ, यदि तेस्रो देशले हसिनालाई आश्रय दिन राजी भयो भने उनी कुन पासपोर्ट लिएर दिल्लीबाट त्यहाँ जानेछिन् रु
ढाकास्थित भारतका पूर्व उच्चायुक्त रिवा गांगुली दासका अनुसार यो ठूलो समस्या होइन ।
भारतले चाहेमा ट्राभल डकुमेन्ट जारी गर्न सक्ने र त्यही लिएर उनी तेस्रो देश जान सक्ने सहज विकल्प रहेको दासले बताइन् ।
भारतले नैराजनीतिक शरणदिएर राख्न कति सहज रु
हसिनालाई कुनै तेस्रो देशले शरण दिन नखोजेमा भारतले नै राजनीतिक शरण दिन नहिच्किचाउने संकेत दिल्लीले देखाएको छ ।
विगतमा भारतले तिब्बती धर्मगुरू दलाई लामा, नेपालका तत्कालीन राजा त्रिभुवन वीरविक्रम शाह र अफगान राष्ट्रपति मोहम्मद नजिबुल्लाहजस्ता धेरै विदेशी नेताहरूलाई राजनीतिक शरण दिएको छ ।
हसिना आफैंले सन् १९७५ मा भारतमा राजनीतिक शरण लिएकी थिइन् ।
तर, दलाई लामालाई सन् १९५९ देखि राजनीतिक शरण दिएपछि भारत र चीनबीचको तिक्तता अझै कायमै छ । दिल्ली यो विषयमा पनि जानकार रहेको विश्लेषकहरूको दाबी छ ।
दलाई लामा भारत वा अन्तर्राष्ट्रिय स्तरमा जतिसुकै सम्मानित भए पनि उनी दिल्ली र बेइजिङबीचको सम्बन्धमा सधैं अप्ठेरो बनेका छन् ।
भारतका कतिपय विश्लेषकले हसिनालाई भारतले आश्रय दिएमा बंगलादेशको नयाँ सरकारसँगको दिल्लीको सम्बन्धमा नकारात्मक असर पर्न सक्ने प्रतिक्रिया दिएका छन् ।
दिल्लीको आईडीएसएकी वरिष्ठ फेलो स्मृति पटनायक भन्छिन्, ुशेख हसिना सरकारलाई पतन गराउने आन्दोलनको पनि स्पष्ट भारतविरोधी आयाम थियो । जसरी हसिनाविरोधी आन्दोलन थियो त्यो, त्यो भारत विरोधी पनि थियो १ु
यदि भारतले हसिनालाई आश्रय दिने हो भने बंगलादेशमा पक्कै पनि भारत विरोधी भावना बढ्ने उनको तर्क छ ।
बंगलादेशमैराजनीतिक पुनरागमनरु
भारत सरकारका शीर्ष नीति निर्माताहरूको एक प्रभावशाली वर्गले हसिना कुनै पनि हालतमा बंगलादेशको राजनीतिक परिदृश्यबाट नहटेको र परिस्थिति अनुकूल हुँदा भारतले उनको ुराजनीतिक पुनःस्थापनाु गर्न मद्दत गर्नुपर्ने सोच राख्ने गरेको छ ।
एक उच्च अधिकारीले भने, ुहसिनाले बंगलादेशको राजनीतिमा १९८१, १९९६ र २००८ गरी कम्तीमा तीनपटक पुनरागमन गरिसकेकी छन् । यसअघि पनि उनको राजनीतिक पुनरागमन होला भन्ने धेरैले सोचेका थिएनन् ।
हसिना एक दिन बंगलादेश फर्केर अवामी लिगको नेतृत्व लिन सक्ने सम्भावना बाँकी नै रहेको उनले बताए । यसका लागि आवश्यक परे भारतले बंगलादेशको अन्तरिम सरकार र सेनामाथि पनि दबाब दिनुपर्ने उनको तर्क छ ।
ओपी जिन्दल ग्लोबल युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्धकी प्राध्यापक राधा दत्तले अवामी लिगलाई पुनर्जीवित गर्न भारतले मौन समर्थन प्रस्ताव गर्न सक्ने सम्भावना रहेको बताइन् ।
अवामी लिग पक्कै पनि एक राजनीतिक शक्ति हो, त्यसलाई मेटाउन सजिलो छैन, उनले भनिन् ।
राहदानी रद्दभएपछि उनको कानूनी हैसियत के हुन्छ ?
बंगलादेशको अन्तरिम सरकारले हसिनाको कूटनीतिक राहदानी खारेज गरिदिएको छ ।
राहदानी खारेज भएपछि उनको भारत बसाईंलाई लिएर कानूनी आधारबारे प्रश्न उठ्न थालेको छ ।
भारतको विदेश मन्त्रालयका प्रोटोकल डिभिजन प्रमुख रहिसकेका पूर्व शीर्ष कूटनीतिज्ञ पिनाकरञ्जन चक्रवर्तीले हसिनाको भारत बसाइ अहिले प्राविधिक रूपमा कानूनी नै रहेको प्रतिक्रिया दिएका छन् ।
उनको राहदानीमा भारतको भिसा लागिसकेकाले उनको देशले राहदानी रद्द गर्यो या गरेन भन्ने कुरा भारतले वास्ता नराख्ने उनको भनाइ छ । बंगलादेशले हसिनाको कूटनीतिक राहदानी रद्द गरे पनि त्यसको औपचारिक जानकारी अहिलेसम्म गराएको छैन ।
चक्रवर्तीले भने, ‘भारतलाई कूटनीतिकरूपमा उनको राहदानी रद्द गरेको जानकारी गराए पनि हसिनाको अर्को राहदानीका लागि आवेदन दिने अधिकार कायम रहनेछ ।ु