प्याब्सन अन्तर बिधालय स्पेल बी प्रतियोगिता आज गौतम स्कुलको प्रारङ्गमा सम्पन्न भएको छ। निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल पर्साको आयोजना तथा जीवन ज्योति माविको संयोजनमा सो प्याब्सन अन्तर बिधालय स्पेल बी प्रतियोगिता सम्पन्न भएको हो ।
प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधानको अध्यक्षता तथा निजी तथा आवासीय बिधालय अर्गनाइजेसन नेपाल मधेस प्रदेशका अध्यक्ष दिपक रेग्मीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उहाँले भने निजी बिधालयहरुको हकहितका साथै उच्च शिक्षा प्रदान गदै अन्य अतिरिक्त क्रियाकलापहरु गर्ने क्रममा यो पनि एउटा कार्यक्रम रहेको बताए ।
उनलेे भने सरकारले निजी बिधालयहरुलाई हकअधिकार दिनु भन्दा पनि दुःख दिने काम मात्र गरिरहेको प्रमुख अतिथि रेग्मीले बताएका छन् । निजी बिधालयहरुले नै अहिलेसम्म उच्च शिक्षा प्रदान गर्न सहयोग गरेको ठोकुवा गरे ।
उनलेे भने नेपालको गुणस्तरीय शिक्षा क्षेत्रमा अहिलेसम्म अन्तर्राष्ट्रिय क्षेत्रमा समेत धेरै नाम राख्न सफल भएको बताएका हुन ।सरकारले कुनै न कुनै बहानामा निजी क्षेत्र नै अप्ठ्यारोमा पार्ने काम भएकोमा यसका लागि प्याब्सन जहिले पनि खम्बा भएर उभिने रेग्मीको भनाइ रहेको छ।
त्यसैगरी बीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले भने निजी बिधालयहरुले शिक्षा क्षेत्रमा धेरै सुधार गरेकोमा आफुलाई गर्व लागेको बताएका छन् ।निजी बिधालयहरुले सामुदायिक बिधालयलाई हेर्ने दृष्टिकोण फरक नहेर्न आग्रह गर्नुभएको थियो ।
प्रतियोगितामा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,मधेस प्रदेशका वरिष्ठ सल्लाहकार मनी पाख्रिङ,वरिष्ठ उपाध्यक्ष श्याम केसी ,वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी,जिल्ला सचिव राहुल श्रीवास्तव,गौतम स्कुलका डाइरेक्टर सोनम लामा ,प्याब्सनका सुशीला साह,नगर सचिव सन्नी पाख्रिङ,मिनाक्षी गुप्ता लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।
प्याब्सन अन्तर बिधालय स्पेल बी प्रतियोगितामा ४१ वटा बिधालयका विद्यार्थीहरुको सहभागी रहेकोमा प्रथम नवदिप एकेडेमी स्कुल ,दोस्रो रोयल एकेडेमी ,तेस्रो गौतम स्कुल र सान्त्वना मिनिल्यान्ड मावि भएको थियो ।भने निर्णयक मण्डलहरु पिङकी खेतान,नेहा अग्रवाल ,खुशी अग्रवाल रहेका थिए। कार्यक्रमको स्वागत मनतब्य प्याब्सनका उपाध्यक्ष शिवजी गुप्ताले गर्नुभएको सो कार्यक्रमको धन्यवाद ज्ञापन प्याब्सन महानगर अध्यक्ष आलोक चौरसियाले गर्नु भएको थियो ।कार्यक्रमको सहजिकरण कामाक्षी गुप्ता र उज्ज्वल घिमिरेले गरेका थिए।
Jagat