नेपाल तरुण दल पर्सा द्धारा आयोजित खुल्ला रक्तदान कार्यक्रमको उदघाटन मधेस प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले रक्तदान गर्नु मानवीय धर्म भएको बताए । मन्त्री क्षेत्रीले भने अरुलाई पनि रक्तदान गर्न उतप्रेणित गर्नुपर्ने भएकोले यसको प्रचारप्रसार गरि अरुलाई बचाउने काम अति महत्त्वपूर्ण हुने भएकोले यसमा सबैलाई जागरुक गर्न अति आवश्यकता रहेको बताएका छन् ।
नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारीको अध्यक्षतामा सो खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा बीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम,जिल्ला उपसभापति रामनारायण कुर्मी ,क्षेत्रीय सभापति महम्मद साहबुदी,महिला संघका अध्यक्ष किरण शर्मा तरुण दलका सचिव समीर मंसुरी लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागी रहेको थियो ।
रक्तदान गर्नेहरु समीर मंसुरी,शेष हजरा,नाजिर अन्सारी ,राहुल रौनियार ,मुकेश गौरे,त्रिलोकी साह,किरण पाण्डे ,मन्टु साह,बिशाल साह,सुरज कर्ण,आएन गुप्ता ,रिक्की सरार्फ,केशव मिश्र,राबुदीन अन्सारी लगायतले रक्तदान गरेका छन । भने अहिले रक्तदान जारी रहेको रक्त संचार केन्द्र प्राविधिक दिलमाया घिमिरेले जानकारी दिएकी छिन् ।