वीरगञ्ज– नारायणी अस्पतालमा भइरहेको बेथिति उजागर हुने डरले एक हप्ता भित्र उपलब्ध गराउनु पर्ने उक्त सुचना ९ दिन पछि उपलब्ध गराएको भए पनि अधुरो सुचना प्राप्त भएको छ। जनताको सेवा उपचार संग जोडिएको क्याथ लैब मेसिनको बारे नेपालको सबिधानको धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ र ७ अनुसार सुचना माग गरिएकोमा सुचना अधिकारीले एक हप्ता भित्र सुचना माग गर्ने ब्यक्तिलाई उपलब्ध गराउनु पर्ने तर नारायणी अस्पतालले सुचना माग कर्ताले पाएको सुचना अनुसार ५ करोडौंको उक्त मेसिन कुन अवस्थामा छ र किन जडान नहुनुको मुख्य कारण र तत्काल कुन मेसु भएको बेला खरिद गरिएको भनेर उल्लेख गरिएको भए पनि अधुरो र अपुरो सुचना उपलब्ध गराउनुले काहीं आफ्नो भ्रष्टाचार त खुल्ने होइन भन्ने डरले सुचना लुकाउने काम भइरहेको बुझ्नुपर्ने हुन्छ ।
नारायणी अस्पतालको प्रारङ्ग भित्र रहेको करोडौंको क्याथ लैब मेसिन अहिले लथालिङ्ग र कौडिको भाउमा पनि बिक्री नहुने अवस्थामा पुगेको एक जना कर्मचारीले बताएका छन् ।क्याथ लैब मेसिन अहिले बेवारिसे लास जस्तै अस्पतालको बरान्डामा काठको बाकसमा थन्किएर राख्ने काम भएको छ।सामाजिक विकास मन्त्रालय मधेस प्रदेश जनकपुरधामले रु ५ करोडौंमा २५ मार्च २०१९ (२०७५/१२/११) गते हस्पिटेक इन्टरप्राइजेज प्राइभेट लिमिटेड काठमाडौंले प्यासिफिक कर्मसियल कम्पनी प्राइभेट लिमिटेड काठमाडौंको उक्त क्याथ लैब मेसिन खरिद गरेको हो र उक्त मेसिनको मुख्यत काम भनेको मानिसको मुटु नली बन्द हुदा अर्थात हडटाक भएको बेला बन्द नली खोल्ने काम गर्नेछ एक चिकित्सकले बताएका छन् ।
जनताको करबाट करोडौं खर्च गरेर खरिद गरिएको उक्त क्याथ लैब मेसिन अहिले आफैं विमारी भएर उपचारको खोजीमा रहेको छ । तत्कालीन मेसुले आफ्नो कमिसनको लोभमा अस्पतालमा जडान गर्ने ठाउँ नभएको देख्दादेख्दै अन्धोपन बनेर सो मेसिन खरिद गर्ने प्रोपोगन्डा मच्चाएर कमिसन लिन सफल भएको यो सुचना बाट थाहा हुन आउँछ जबकि सुचनामा स्पष्ट रुपमा नारायणी अस्पतालमा कुन सुपरिटेन्डेन्ट भएको बेला सो मेसिन खरिद गरिएको हो भनेर उल्लेख गरिएको छ तर आफ्नो नाम सार्वजनिक हुने डरले उक्त सुचना लुकाउने काम भएको छ।
अहिले नारायणी अस्पतालमा एनीहास कमिसन कमाउ भन्ने धन्दा चलिरहेको छ केही दिन पहिला पनि कर्मचारी भर्ना अभियान सुचना सार्वजनिक गरेको थियो तर समयमा मन्त्रालय बाट उक्त कर्मचारी भर्ना सुचना रद्द गरेपछि अहिले रुवाबासी चलिरहेको एक कर्मचारीले बताएका छन् । नारायणी अस्पताल उपचार गर्ने भन्दा पनि आफ्नो आसेपासेहरुलाई कसरी नियुक्ति दिन र मेरो कसरी हालिमुहाली हुने हो भन्ने सोच रहेको ती कर्मचारीले बताए ।नारायणी अस्पतालमा लामो समयदेखि एमआरआई यतिकै थन्क्याएर राखेको छ जबकि उक्त एमआरआई मेसिन करोडौंमा खरिद गरिएको र अहिले आफैं बिमारी भएर थालिएको छ ।केही दिन पहिला बजारमा एमआरआई मेसिन संचालनमा आयो भनेर केही मिडियाहरुमा हल्ला फिजाउने काम समेत भएको थियो ।
जबकि जनताको सेवा सस्तोमा होस् भनेर खरिद गरिएको मेसिन बेवारिसे जस्तो थन्क्याएर राख्नुले मेसु माथि अहिले नैतिकताको प्रश्न खडा भएको छ। अहिले नारायणी अस्पतालको नराम्रो समाचार नआयोस भनेर केही मिडिया हाउसमा हजारौं खर्च गरेको सुचना बाहिरिएकोछ यद्यपि त्यो सत्य हो भने नारायणी अस्पतालमा वर्षे देखि भइरहेको भ्रष्टाचार बेथितिलाई जनता समुक्ष बाहिर ल्याउन जमर्को गरेका छौं । वर्षै देखि जनताको करोडौं करबाट खरिद गरिएको क्याथ लैब मेसिन र एमआरआई मेसिन अहिले नारायणी अस्पतालको कोमामा पुगेको छ र उपचारको खोजी आफैं वर्षैदेखि क्याथ लैब मेसिन लथालिङ्ग अवस्थामा छ भने अर्कोतिर करोडौंको एमआरआई मेसिन पनि कोमामा जाने त होइन भन्ने सरोकारवालाहरुको चिन्ता रहेको छ।क्याथ लैब मेसिन अहिले कुनै काम नलाग्ने अवस्थामा पुग्न लागेको एक कर्मचारीले बताएका हुन ।
सुचना बिना नै उक्त मेसिनको बारेमा जानकारी दिनुपर्नेमा तर अहिले नारायणी अस्पतालका मेसुले आनाकानी गर्नुले यसको पछाडि ठूलै भ्रष्टाचार र कमिसनको चलखेल भएको जोकोहीले पनि बुझ्न सक्ने अनुमान लगाउन सकिन्छ। नारायणी अस्पतालमा अहिले विभिन्न क्षेत्रमा धेरै समस्या रहेकोले अब चाडैं त्यो भित्रको बेथिति बाहिर ल्याउने काममा हामी जमर्को कसेका छौ जनताको करबाट खरिद गरिएको करोडौंको सम्पत्ति अहिले नारायणी अस्पतालको पेटिमा उक्त मेसिनहरु बेरेर लथालिङ्ग फालिएको जोकोहीले पनि देख्न सकिन्छ।