वीरगन्ज : वीरगन्ज महानगरपालिका वडा नम्बर ३० का माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका किशोरीहरुलाई वडा समितिको कार्यालयले कम्प्युटर सेट वितरण गरेको छ ।यस्तै शिक्षा सेवा आयोगको परीक्षा पास गरेर सामुदायिक विद्यालयमा अध्यापनरत उक्त वडाकै शिक्षकहरुलाईपनि ल्यापटप वितरण गरिएको छछ ।
वडा समितिको कार्यालयले २०७९ सालको एसईई उत्तीर्ण गरी हाल कक्षा ११ मा अध्ययनरत वडाका २६ जना छात्राहरुलाई मनिटर,सिपियु,किबोर्ड र माउसहितको कम्युटर सेट वितरण गरेको हो।यस्तै शिक्षक सेवा आयोगको परीक्षा पास गरेर हाल सामुदायिक विद्यालयमा अयापनरत उक्त वडाकै शिक्षकद्वय प्रेमलाल साह र नईम मियाँलाई १र१ थान ल्यापटप वितरण गरिएकोे वडाध्यक्ष मनोज यादवले जानकारी दिए ।
बिहीबार वडा नम्बर ३० लालपर्सास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले किशोरीहरु र शिक्षकद्वयलाई कम्प्युटर सेट र ल्यापट प्रदान गरे ।
कार्यक्रममै वीरगन्ज महानगरका ३२ वडामध्ये दोश्रो स्थान हासिल गर्न गर्न वडा नम्बर ३० लालपर्साको स्वास्थ्य चौकीमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई १/१ थान स्मार्टफोन मोबाइलपनि वितरण गरियो ।
मधेसी समुदायका छोरीचेलीहरुलाई उच्चशिक्षा अध्ययनका लागि प्रोत्साहित गर्न कम्प्युटर वितरण गरिएको वडाध्यक्ष यादवले बताए।यस्तै शिक्षक सेवा आयोगको परीक्षा पास गरेर सरकारी सेवामा प्रवेश गरेका आफना वडाका दुई शिक्षकलाई ल्यापटप वितरण गरेर सम्मानित गरिएको उनले बताए । अब २८० सालको एसईर्ई उत्तीण गरेका आफना वडाका छात्राहरुलाईपनि कम्प्युटर वितरण गरिने र त्यसका लागि सूचना आह्वान गरिसकिएको जानकारीपनि उनले गराए ।
खानेपानीमन्त्री यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, पूर्वप्रदेशसभा सदस्य जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका पूर्व प्रमुख नेक महम्मद, जसपाका महानगर अध्यक्ष ईश्वरचन्द्र यादव , वीरगन्ज महानगरको शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण लगायतकोपनि सहहभागीता थियो । सभार : मधेस खबर