आइतबार कालीमाटी फलफूल तथा तरकारी बजारमा परवर र घिरौंला महँगिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा परवर ५७ प्रतिशत र घिरौंला २२ प्रतिशतले महँगिएको छ । कालीमाटी बजारमा आइतबार परवर र घिरौंला प्रतिकिलो अधिकतम ६० रुपैयाँ छ ।
त्यस्तै हरियो फर्सी २८, स्कुस ११, रायो साग १५ प्रतिशतले बढेको छ । टाटे सिमी १५, तिते करेला १३, चिचिण्डो २०, पिंडालु १३ प्रतिशतले घटेको छ ।
यस दिन ठूलो गोलभेँडा प्रतिकिलो ६०, रातो आलु ७२, प्याज १२७, गाजर १२०, स्थानीय बन्दा ६० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ ।
समितिका अनुसार लाम्चो भन्टा ४०, डल्लो भन्टा ५०, तने बोडी ७०, घिउ सिमी १००, टाटे सिमी ६०, तिते करेला ७०, लौका ६०, भिण्डी ४०, पिंडालु ७०, रायो साग १२० रुपैयाँ प्रतिकिलो छ । कुरिलो ४५०, न्युरो ८०, कन्य च्याउ १६०, डल्ले च्याउ ४५०, राजा च्याउ ३०० तथा सिताके च्याउ १००० रुपैयाँ प्रतिकिलो कारोबार भएको समितिले जनाएको छ ।