पर्साका युवा ब्यवसायी दिपक पटेलले आज एक कार्यक्रम बिच श्रिपुर वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक धर्मजंग थिङ्ग, बिर्ताका पुष्कर बोगोटी र ट्राफिक प्रहरी प्रमुख भाषकर खतिवाडालाई बिदाई गरेका छन ।
युवा ब्यवसायी पटेलले प्रहरी निरिक्षक थिङ्ग, बोगोटी र खतिवाडालाई गाम्छा तथा मायाको चिन्हो प्रदान गरेर बिदाई गरेका हुन ।
नेपाली काग्रेंसका युवा नेता समेत रहेका पटेलले तिन वटै प्रहरी निरिक्षकहरुले आफ्नो कार्यक्षेत्र भित्र देखाएको कुस्लता तथा पर्सा जिल्लाको शान्ति सुरक्षा कायम राख्न अहम भुमिका खेलेको भन्दै मायाको चिन्हों सहित बिदाई गरिएको बताए ।
अपराध अनुसंधान, चोरी पैठारी, तस्करी जस्ता गैरकानुनी करोवार नियन्त्रण गर्नुका साथै सवारी दुर्घटना न्युनीकरणमा निस्वार्थ रुपले देखाएका प्रहरी निरिक्षकहरुको कार्य सराहनिय रहेको भन्दैं मायाको चिन्हों सहित बिदाई गरेर आफु खुशी भएको बताएका छन ।
पर्सा जिल्ला खुल्ला सिमाना रहेको र यहाँ सवारीको चाप पनि बढि हुँदा आफ्नो सेवा निर्वाह गर्न चुनौती पुर्ण भएको थियो, तैपनि स्थानीय बुद्धिजिवी तथा बिभिन्न संघ संस्थाको सहयोले र समन्वयले गर्दा आफ्नो कार्यकाल बिताउन सजिलै सफल भएको प्रहरी निरिक्षकहरुको सो अवसरमा भनाई थियो । प्रहरी निरिक्षकहरुले प्रहरी संगठनमा सरुवा हुनु र आउने जाने काम भईरहन्छ यो एउटा प्रक्रिया रहेको बताउदैे यो अवधीमा स्थानीयहरुकै साथ, सहयोग तथा समन्वयका कारणले गर्दा यो ठाउँको शान्ति सुरक्षामा आफुहरु खरो उत्रीन सकेको बताएका छन । सानो अवधीमै स्थानीयबासीसंगको सम्बन्धले यो ठाउँको आफुलाई सधै सम्झना रहने समेत प्रहरी निरिक्षकहरुले बताएका थिए ।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक धर्मजंग थिंगको मानव बेचबिखन अनुसन्धान ब्युरो पिलर २ मध्य पूर्व, दक्षिण पूर्व र पूर्वी एसियामा सरुवा भएको छ । उनको ठाउँमा प्रहरी वृत्त लैनचौर काठमाडौँको अपराध नियन्त्रण शाखाबाट श्याम कुमार बस्नेत आउने भएका छन् ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक पुष्कर बोगटीको नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग,बजेट शाखा नक्साल काठमाडौँमा सरुवा भएको छ । उनको ठाउँमा जिल्ला प्रहरी परिसर काठमाडौँ अपराध नियन्त्रण तथा अनुसन्धान शाखाबाट नीरोज चौलागाईं आउने भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाको मानव बेचबिखन अनुसन्धान ब्युरो पिलर ४ टर्की,अफ्रिका र अन्यमा सरुवा गरेको छ । उनको ठाउँमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रबन्ध शाखा धनगढी कैलालीबाट लोकराज भट्ट आउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले गत भदौ १७ गते निकालेको सरुवाको सुचना अनुसार देशैभरका पाँच सय ८७ जना प्रहरी निरिक्षकहरुको सरुवा गरेको हो । सोहीक्रममा वीरगञ्जका तीन मुख्य प्रहरी कार्यालयहरुका प्रमुख प्रहरी निरिक्षकहरुको पनि सरुवा भएको छ ।