सुख्खा बन्दरगाह भन्सार कार्यालय (ड्राईपोर्ट) वीरगञ्ज श्रिसियामा करोडौं मुल्य भएको कन्टेनर परिक्षण (स्केनिङ्ग) मेसिन थनकिएको छ ।
भन्सार कार्यालय (ड्राईपोर्ट) वीरगञ्जले मेसिन चलाउन नसेके पछि कन्टेनर परिक्षण (स्केनिङ्ग) मेसिन थनकिएने अवस्थामा पुगेको हो ।
नेपाल सरकारले करिव २० बर्ष पहिला चिन सरकारसंगको सम्झौताबाट अनुदानको रुपमा करिब २१ करोडं बराबर लागत भएको कन्टेनर परिक्षण (स्केनिङ्ग) मेसिन पाएको थियो । २०६१ साल माघ महिनामा तत्कालीन प्रमुुख सुदिप चन्द्र साहको कार्यकालमा सो मेसिनलाई सुख्खा बन्दरगाह तथा भन्सार कार्यालय (ड्राईपोर्ट) वीरगञ्जमा पठाईएको थियो ।
सुख्खा बन्दरगाह भन्सार कार्यालय (ड्राईपोर्ट) को माध्यमले भारत लगायत बिभिनन देशबाट मालसमान ओसारपोसार हुने गर्छ । नेपालको सबै भन्दा बढि मालसमान आयत हुने ठाँउ यँही सुख्खा बन्दरगाह तथा भन्सार कार्यालय (ड्राईपोर्ट) रहेको हुनाले नै गर्दा वीगरञ्जलाई आर्थिक नगरीको रुपमा चिनिने गरिन्छ ।
सरकारले आधुनिक रुप भएको मेसिनलाई प्रयोग गरेर सजिलै र कम समयमा कन्टेनर जाँच गर्न सकिने उदेश्यले पठाएको थियो तर सो मेसिनलाई ड्राईपोर्ट कार्यालयमा तत्कालीन कर्मचारीहरुले ब्यवस्थीत गर्न नसेका कारणले गर्दा अहिले मेसिनको अवस्था कवाडी जस्तै भएको देखिन्छ ।
मेसिनलाई चलाउन तालिम प्राप्त कर्मचारी नहुनु र साथै ब्यवस्थीत धंगले राख्ने ठाँउ समेतको मुख्य कमिले गर्दा मेसिनको अवस्था बिग्रियको जानकारहरु बताउछन ।
यता बर्तमान सुचना अधिकारी सुशिल कुमार शर्मासंग बुझ्दा मेसिन खासै चलेको छैन, अनुभबी कर्मचारी नहुदाँ मेसिन बिग्रिए पछि सुधार ल्याउन सास्ती भएको बताए । उनले मेसिनको बिद्युतीय खपत बढि रहेकोले सजिले सुबिधा मिलाउन नसकिएको बताए । उनले मेसिन चलाउन तालिम प्राप्त गरेर आएका कर्मचारीहरुको थोरै समयमा सरुवा पनि हुनुका कारण मेसिन ब्यवस्थीत नभएको बताए । मेसिन बिग्रिए पछि चिनबाट प्राबिधिक टोली आएर मर्मत गर्ने गरेको थियो । करिब ५ बर्ष अघि अर्को पल्ट मेसिन बिग्रिएको बेला चिनिया प्राबिधिक टोली मर्मत गर्न आउदा अवस्था नाजुक भएको हुदाँ मेसिनको समस्या समाधान नहुने र यो मेसिन चल्ने अवस्थामा नरहेको प्रबिधिक टोलीले भनदिए पछि बन्द गरिएको बताए । तर मेसिनको बारेमा थप बिवरण मांग्दा हामिसंग नरहेको भन्दै गुमराह गर्ने तरिकाले सुचना अधिकारी शर्माले कुरा घुमाएका थिए ।
२० बर्षको समयमा अहिले सम्म मात्र ३÷४ पटक मेसिन सुरु सुरुमा प्रयोगमा आएको ड्रापोर्टका पुराना कर्मचारीहरु बताउछन भने सुचना अधिकारीको प्रतिकृया फरक देखिएकोले केहि सत्य कुरा उहाँले पनि लुकाई रहेको देन्छि । सत्य कुरा लकाउनु तथा आफ्ना कमिकमजोरीलाई ढाकछोप गर्न पनि कर्मचारीहरुको मिलोमतोमा मेसिन बिग्रिने अवस्थामा पुगेको पनि बुझ्न सकिन्छ ।
देशकै बिभिन्न ठाँउबाट वीरगञ्ज भन्सारको माध्यले माल समान निर्यात तथा आयात हुने गर्छ र बिगतको आक्डा र प्रहरीकोे काम हेर्दा भन्सार नै अवैध कारोवारको संजाल बनेको देखिएको जानकारहरु बताउछन ।
भन्सार र कर्मचारीहरुलाई लक्षित गरेर कारोवारीहरुले अवैध कारोवारको संजाल फैलाएको बिगतमा प्रहरीहरुको कामले पुष्टि हुन्छ । भारत लगायतका बिभिन्न देशबाट आउने कन्टेनरमा समान अर्कै र कागजात अर्कै बनाएर मालसमान पास गराउने त कहिल्यै बढि तौल र मुल्य भएको कन्टेनरलाई कम मुल्यांकन गरि सजिलै माल समान पास गराएर नेपाल भरि भित्रियाउने कार्य हुनेगरेको स्रोतले जनाएको छ । सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पारि सो ठाँउमा काम गरिरहेका बिभिन्न कम्पनीका एजेन्टरहरुले समेत गोप्य तरिकाले कन्टेनर पास गराउने गरेको स्रोतको दावी छ ।
तस्करीको मुख्य माध्य नै सुख्खा बन्दरगाह तथा भन्सार कार्यालय बनेको अहिले भन्सारबाट उठेको पछिलो समय भन्दा कम राजस्वले पनि पुष्टि हुन्छ । बिगतको लामो समय देखि भन्सार कार्यालयको राजस्व संकलन घटदै गएको छ । ड्राईपोर्ट याडमा चेकिङ्गको नाममा मात्र सेटिङ्ग हुने गरेको देखिएको छ । कर्मचारीहरुलाई प्रभावमा पारि नेपाल भरी अवैध समानहरु सजिलै भित्रियाउने गरेको देखिएको छ ।
यता स्केनिङ्ग मेसिनलाई कर्मचारीहरुले एजेन्ट मार्फत अवैध कारोवारीहरुसंग सेटिङ्ग गरेर नै मेसिन ब्यवस्थीत नगर्नु र जानिजानि मेसिनमा समस्या उत्पन्न गरेर थनकाएको नाम नबताउने शर्तमा सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका एक जना कर्मचारीले बताए । उनले मेसिनबाट कन्टेनर स्केनीङ्ग हुदाँ चोरी गर्न नपाउने र बिना मेसिनको कन्टेनर चेकिङ्ग गर्दा सजिलै मालसमान कटाउने भएको कारण नै जानी जानी मेसिन बिग्रिने अवस्था सृजना गरिएको उनले बताएका छन ।
२० बर्ष देखि अहिले सम्मको अवस्था हेर्दा यस्तो गतीबिधीले करोडौं रकम हिनामिना हुनेभएको अनुमान लगाउन सक्निछ । यस्ता समस्या सुधारमा ल्याउन कुनै निकायले यता तर्फ ध्यान दिएका छैन्न । आधुनिक रुपले काम सहज बनाउने माध्यलाई थानकाएर मिनटको कामलाई घण्टोमा परिणत गर्नु भनेको तल्लो देखी माथिलो निकाय सम्मको सेटिङ्गमा ड्राईपोर्टबाट तस्करी तथा अवैध कारोवार मौलाएको देखिएको हो, भने कुन निकायबाट छुट पाएर कर्मचारीहरुले सेटिङ्ग गरे र देशको करोडौं राजस्व हिनामिना गरियो प्रश्न उठेको छ ।
महिनौं पिछे देशमा सरकार फेरिन्छ तर २० बर्ष देखि करोडौं लागतको मेसिन कवाडीको अवस्थामा पुगेको हुदाँ माथिल्लो निकाय किन मौन छ । यस्ता बदनियत कार्यको कले जवाफ देही हुने ।
यता यस बिषयमा बर्तमान सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख धन बहादुर बरुवालसंग बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेन्न ।