प्याब्सन जिल्ला कार्यसमिति पर्साले आज ज्ञान्दा एकेडेमी स्कुलमा प्याब्सन जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधानको अध्यक्षता तथा प्याब्सनका वाग्मती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सो प्याब्सन जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको हो ।
प्रतियोगितामा प्रथम लिटिल फ्लोर एकेडेमी दोस्रो मनकामना माध्यमिक बिधालय ,तेस्रो रोयल एकेडेमी भएको वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरीले जानकारी दिनुभएको छ। कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि श्रेष्ठले अहिले निजी बिधालले विद्यार्थीहरुको क्षमता विकास बढाउने उदेश्यले यस्ता अतिरिक्त क्रियाकलाप गरिएको बताए ।
प्याब्सन संग जोडिएका बिधालयहरुले गुणस्तरीय शिक्षा संगै अतिरिक्त क्रियाकलाप मार्फत विद्यार्थीहरुको विकास हुनुपर्छ भन्ने धारणाका आफुहरु लागि परेको बताएका छन् ।हामी केवल शुल्क मात्र लिने काम गदैनौ विद्यार्थीहरुको भबिस्य र शिक्षक शिक्षिकाहरुलाई समेत क्षमता विकास बढाउने र रोजगार दिने एउटा माध्यम पनि बनेको श्रेष्ठले बताएका हुन ।अहिले प्याब्सनले देशभर रहेका आफ्नो संगठनको बारेमा काम गर्ने क्रममा पर्सा जिल्ला आइपुगेको बताए ।
प्रतियोगिता कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा ,मधेस प्रदेशका सल्लाहकार मनि पाख्रिङ,जिल्ला वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी उपाध्यक्ष शिवजी गुप्ता ,सचिव राहुल श्रीवास्तव,महानगर अध्यक्ष आलोक चौरसिया,गौतम स्कुलका संचालक सोनम लामा, अमित आलोक ,सुशीला साह, लगायत विभिन्न स्कुलका प्रिन्सिपल तथा शिक्षक शिक्षिकाहरुको उपस्थित रहेको थियो । हाजिरी जवाफ प्रतियोगितामा ३० वटा बिधालयका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।