वीरगञ्ज : वीरगञ्ज लगायत देशका विभिन्न जिल्लाहरुमा सर्वसाधारणको रकम करोडौं ठगी गरिरहेको समाचार प्राप्त भएको छ । अभियान डिजिटल ब्लड प्रा.लि. काठमाडौंले उद्योग स्थापना गर्ने उद्देश्यका साथ कम्पनी रजिष्टार कार्यालयमा दर्ता गरि उदेश्य एवं नियम बिपरित नेपालमा दर्जनौ जिल्लाहरुमा लट्री अर्थात चिठाको नाममा ठगि धन्दा शुरु गरेको प्रमाण फेला परेको छ ।
सोझा तथा गरिब विपन वर्गहरुलाई प्रलोभनमा पारी फसाउने र आफु करोडपति बन्ने उद्देश्यले अहिले वीरगंजमा केहि नाम चलेका अभियानकर्ता तथा आफुलाई डाक्टर बताउने अनि एकातिर समाजिक अभियान संचालन गरे जस्तो देखिने तर भित्रि रुपमा एनि हाउ ठगि धन्धा चलाउने र प्रहरी प्रशासनलाई मिलाउने र केहि पत्रकारहरुलाई आफनो हातमा लिने म वीरगंजमा छु । यहाँ मेरो सवै हातमा पावर छ भनेर सिडिओ ,एसपी सवै मेरो अन्डरमा बसेका छन भनेर वीरगंजका सोझा जनतालाई ठगि गर्ने गिरोह सक्रिय भएको छ । कम्पनीका संचालक दोलखा निवासी बिष्णु प्रसाद काफ्लेले उद्योग स्थापना गर्ने ठेगाना काठमाडौं महानगरपालिका वडा नम्बर १३ मा देखाएपनि उनले देशको दर्जनौ जिल्लाहरुमा लुकिछिपी गरेर सदस्यता बढाएर आर्थिक ब्रम्हलुट मचाउने नियतले अहिले काठमाडौं ,राजबिराज,बुटवल,भैरहवा,वीरगंज लगायतका जिल्लाहरुमा चिठा खेलाउने र किस्ता बन्दी मार्फत करोडौं ठगि गरिरहेको छ ।
वीरगंजको नयाँ बसपार्क नजिकै कार्यालय खोली वीरगंज नगवा निवासी ऋषिकान्त गुप्ता घडिअर्वा निवासी दिपेश वर्णवाल र रानीघाट निवासी सुशिल सर्राफले अहिले हजारौं लाई सदस्यता प्रदान गरेर ठगी धन्दा गरिरहेको खुलेको हो । अहिले सो कम्पनीको सदस्यता बन्न रु ५० लाग्ने र मासिक शुल्क ११७५ रुपैया लाग्ने गरेको छ । कम्पनीमा हाल सदस्यता संख्या ७९९९ जना रहेको र उनीहरुबाट मासिक रुपमा ११७५ का दरले ७९९९जनाको रकम रु ९३९८८२५ रुपैया हुने गर्छ भने २४ औं किस्ता सम्म चल्ने सो चिठाबाट २४ महिनामा २२५५७१८०० जम्मा सदस्यहरुबाट असुली गर्ने गरेको छ । गोप्य रुपमा वीरगंज लगायत अन्य जिल्लाहरुबाट संकल्न गरेर लगेको सो रकमको चिठा अर्थात लट्री खोल्ने समयमा काठमाडौंको कुनै एकान्त ठाँउमा खोल्ने उक्त चिठाबाट उठेको रकमको ८ देखि १० लाखको सानो तिनो समानहरु वितरण गर्ने बाँकी रहेको करोडौं रकम बिदेशमा लगानी गरेर सोको मुनाफा आफुले कुम्ल्याउने गरेको बताइएको छ ।
सोझा साझा जनतालाई ठगेर करोडपति बन्दै गएको छ भने सो चिठा एक बर्षदेखि निर्धक्क रुपमा प्रहरी प्रशासन तथा केहि पत्रकारहरुलाई आर्थिक नाजराना टक्रयाउने गरेकोले यो अहिले सम्म गुपचुप रुपमा संचालनमा रहेको छ । अहिले यो चिठा प्रकरण केहि पत्रकारहरुले समाचार ल्याउने सुईको पाएपछि शक्तिकेन्द्रहरुमा धाउने र जसरी भएपनि त्यो समाचार बाहिर ल्याउन नदिन ठुलै रकमको चलखेल भईरहेको छ ।
अभियान डिजिटल ब्लुड प्रा.लि. दर्ता गराउदा ईलेक्ट्रोनिक्स समानहरु एसेम्बलिङ्ग गरि बिक्री गर्ने भनेर उल्लेख गरिएको भएपनि ऐन कानुनको धज्जी उठाएर चिठा खेलाईरहेको छ भने प्रहरी प्रशासन महानगरपालिका यस बिषयमा कानमा तेल हालेर बस्नुले यसको पछाडि ठुलै रहस्य लुकेको हुन सक्ने अनुमान गरिएको छ । अहिले नेपालमा आर्थिक बन्दी भइरहेको बेला नेपाल बाट उक्त करोडौं रकम विदेश पठाएर लाखौं मुनाफा कमाउने गरेको छ।