नेकपा एमाले जिल्ला कमिटी पर्साले आज (असोज ३) अर्थात संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको छ ।
नेकपा एमाले पर्सा जिल्ला कमिटीले एक कार्यक्रमको आयोजना गरेर (असोज ३ं) संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो ।
बिरगंज महानगरपालिका वडा नम्बर २४ मनमोहन नगर स्थित रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका अधिवक्ता हरेराम सर्राफले धर्म निश्पेक्षता र निर्वाच्न प्रणाली पुनरालोकन गर्न संविधान परिमार्जन गर्नु पर्ने अवस्था अहिले आएको बताए । उनले भने २०७२ सालमा पारित भएको यो संविधान प्रति जनताले अनुभुति गरिरहेको भ्रमलाई समाप्त पार्न एमालेलाई स्थानिय स्तर सम्म छुटै कार्यक्रमको आयोजना गरेर अगाडी बढ्न आवश्यक रहेको बताएका छन ।
नेकपा एमाले निकट भातृ संगठन प्रगतिशील तथा पेशागत कानुन ब्यवसाय संगठनका केन्द्रीय प्रतिनिधि समेत रहेका अधिवक्ता सर्राफले देशको अवस्था राजनितिक परिस्थितिले जनता निकै दुखित छन, समय अवधि भन्दा पहिला नै सरकार फेरिनु, यस्ता कृयाकलापले जनतामा अहिले निरासाजनक बातावरण बनेको जिकिर गरेको थिए ।
उनले नेकपा एमाले पार्टी जनताको पार्टी हो र बिकास मुखि पार्टी रहेको भन्दै नेकपा एमालेले अहिले परिवर्तनको बाटो बनाउन काम गरिरहेकोले यो सरकारले अब थोरै समय पछि देशमा बिकासको गति ल्याउने बताएका हुन । उनले भने सबिधान जायज छ, सबिधान सतप्रतिशत सहि हो तर सबिधान भित्र देखिएका केहि त्रुटीलाई परिमार्जन गर्न एउटा छुटै समिति बनाएर अगाडी बढन आग्रह समेत गरेका थिए ।
नेकपा एमाले पर्साका जिल्ला कमिटीका अध्यक्ष डा.विश्वम्भर र्शमाको अध्यक्षतामा सम्पन्न कार्यक्रम मधेस प्रदेश सभा सदस्य बिना शर्मा, मधेस प्रदेश कमिटी सदस्य मनतुरा चौधरी, जिल्ला कमिटीका उपाध्यक्ष मनोज गुप्ता लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
पर्सा जिल्ला कमिटीका सचिव महेश दासले सहजिकरण गरेको कार्यक्रममा प्रदेश कमिटी सदस्य सलाउदिन अहमद, राष्ट्रिय खेलकुद परिषद सदस्य मानदेव हजार, जिल्ला कमिटीका पदाधिकारी, सदस्य, पालिका कमिटीका पदाधिकारी लगायत नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा संविधान पारित भएको करिव ८ साल हुनलागेको भन्दै उपस्थित सबैलें एक आपसमा शुभकामना सट्टासाट समेत गरेको थिए ।