वीरगञ्ज: होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जको आयोजना आज ४५ औँ विश्व पर्यटन दिवस कार्यक्रममा मनाईएको छ ।
वीरगञ्जको शंकराचार्य गेट अगाडी विश्व पर्यटन दिवस २०२४ “ पर्यटन र शान्ति” भन्ने नारासहित भारतबाट आएका धार्मिक पर्यटकहरुलाई फूलमाला, टीका, र दही खुवाएर स्वागत गर्दै दिवस मनाइएको हो ।
सो अवसरमा वक्ताहरुले होटल व्यवसायको प्रमुख आधार भारतीय पर्यटक भएको उल्लेख गर्दै, होटल तथा पर्यटन व्यवसायको वृद्धिका लागि पर्यटकको आवागमनलाई थप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका थिए । भने पर्यटन क्षेत्रको प्रवर्द्धन र साथै सामाजिक, सांस्कृतिक, तथा आर्थिक महत्त्वबारे आफ्ना धारणा राखेका थिए ।
होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजाल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, समाजसेवी एवम् बरिष्ठ होटल व्यवसायी पशुपति विक्रम शाह, र समाजसेवी उशा शाह, कुवेर कार्की लगायत संघका पदाधिकारी, सदस्यहरु, सुरक्षाकर्मी लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।