वीरगञ्ज– समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत साइबर आजको आवश्यकता ६९ औँ प्रहरी दिवसको अवसरमा आज जिल्ला प्रहरी कार्यालय पर्सा बीरगंजले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेकोमा ३ महिला सहित ७३ जनाले रक्तदान गरेका छन् ।
रक्तदान गर्नेहरु प्रदिप दुङ्गना, बालकुमार थापा, राजेन्द्र कापारी, राजेश महतो, रन्जित कुमार चौधरी, विबेक राउत कुर्मी, ओम कुमार झा, राजु प्रसाद चौरसिया, सनीया खातुन, अनिता ठाकुर, कृष्णचला तामाङ, धिरज सिंह, प्रेम बहादुर भन्डारी, रुपेश मण्डल , अजयकुमार दास, सफिक आलम, धिरेन्द्र यादव लगायत ७३ जनाले रक्तदान गरेको रक्त संचार केन्द्रका प्राविधिक जितेन्द्र कुशवाहाले जानकारी दिएका छन् ।
रक्तदान गर्ने ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोढ ढुङ्गेलले प्रमाणपत्र वितरण गरेर धन्यवाद दिनुभएको छ। उहाँले भने सामाजिक कार्यमा योगदान पुराउने काम गरेकोमा आगामी दिनहरुमा समेत यस्ता रक्तदान महादानामा सहभागी हुन आग्रह गर्नुभएको थियो । रक्तदान कार्यक्रममा प्रहरी निरिक्षक निता थापा , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका सचिव दिलिप प्रधान , हवल्दार सुभाष कुमार यादव सदस्य मधु सिंह राजपुत लगायतको उपस्थित रहेको थियो ।
त्यसैगरी आजै राणीसती धर्मशालामा युवा उधमी मंचको आयोजना र राउन्ड टेवल नेपालको सहयोगमा खुल्ला रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेको रक्त संचार केन्द्रका प्रविधिक संयोजक सौरभराज पाण्डेले जानकारी दिनुभएको छ। रक्तदान गर्नेहरु विकास थापा ,संजय बैठा,युगल श्रेष्ठ ,हरि शर्मा ,सुमन कुमार गुप्ता ,शैलेश कुमार साह लगायत २३ जना रहेका छन् । रक्त संचार केन्द्रबाट टोली नितेश कुमार यादव ,शिवम कुमार पाण्डे ,लिलाधार लगायत रहनु भएको छ।भने युवा उधमी मंचका अध्यक्ष पंकज अग्रवाल ,उपाध्यक्ष विश्वास प्रताप साह,चन्दन सिंह ,पुर्व अध्यक्ष अनुप अग्रवाल ,विकास ठाकुर लगायतको उपस्थित रहेको थियो ।