पर्सा जिल्लाको रौनियार युवाहरुको एक भेलाले रौनियार युवा समाज सर्व सहमतिले गठन गरेको छ ।
वीरगन्जको होटल गेटवेमा आयोजित एक कार्य क्रममा रौनियार समाजका अगुवा तथा युवाहरुको एक भेलाले धीरेन्द्र रौनियारको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति सर्व सहमतिले चयन गरेको छ ।
रौनियार समाजका अगुवा तथा वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताको बिषेश उपस्थितिमा मनोज रौनियार , शंकर रौनियार , राजन रौनियार , बन्सिधर रौनियार , रबिन्द्र रौनियार , किशोर रौनियार , सरोज रौनियार , बिकास रौनियार र सुनिल रौनियार लगायतको उपस्थितिमा पर्सा जिल्ला तदर्थ समिति गठन गरीएको छ ।
नव गठित समितिको अध्यक्षमा धीरेन्द्र रौनियार , उप अध्यक्षमा बिकास रौनियार , सचिवमा पिन्टु रौनियार , कोष अध्यक्षमा राम रौनियार र सदस्यहरुमा बिजय रौनियार , बिनोद रौनियार , प्रकास रौनियार बिजय रौनियार , मनोज कुमार रौनियार लगायत लाई सर्व सहमतिले चयन गरीएको छ ।