काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० २७.३९ अंकले घटेको छ । नेप्से १.०१ प्रतिशतले घटेर २६६२.३२ विन्दुमा पुगेको हो।
आज नेप्से घटेसँगै कारोबार पनि खुम्चिएको छ । आज ५ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर किनबेच भएको छ ।
३५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३०० वटा कम्पनी कारोबारमा आएको छ । आज ४५ हजार ८७० पटक शेयर किनबेच भएको छ ।
आज सबै समूह राताम्य भएको छ । मंगलबार सबैभन्दा बढी फाइनान्स समूह २।७६ प्रतिशतले घटेर ३ हजार २३९ विन्दुमा पुगेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.३६ प्रतिशतले घटेर १ हजार ५४५ विन्दुमा पुगेको छ । आज म्युचुअल फण्ड समूह स्थिर रहेर २०.७० विन्दुमा पुगेको छ ।
त्यस्तै, विकास बैंक समूह १.१७ प्रतिशतले, होटल एण्ड टुरिजम १.९३ प्रतिशतले, हाइड्रोपावर १ प्रतिशतले, लगानी १.४५ प्रतिशतले, जीवन बीमा १.०७ प्रतिशतले, उत्पादन तथा प्रशोधन १.७५ प्रतिशतले, लघुवित्त ०.९१ प्रतिशतले, निर्जीवन बीमा १.४५ प्रतिशतले, अन्य समूह १.०९ प्रतिशतले र ट्रेडिङ समूह १.२३ प्रतिशतले घटेको छ ।