वीरगञ्ज : दशै मेला भर्ना आउने भक्तजनहरुको स्वास्थ्यलाई ध्यानमा राखेर घन्टाघरमा वाइसीएल पर्सा र नेपाल सिएमए संघ पर्साले छुट्टाछुट्टै निशुल्क स्वास्थ्य शिविर राखेको छ। मेला भर्ना टाढाबाट भक्तजनहरु गहवामाईको दर्शन गर्न आउने भएकोले उनीहरूलाई कुनै पनि किसिमको स्वास्थ्यमा समस्या देखा परे तुरुन्त उपचार गर्ने उदेश्यले डाक्टर सुभाष साहको नेतृत्वमा वाइसीएल पर्सा र नेपाल सिएमए संघ पर्साले मुख्य सडकमा जनताको सेवा गर्ने उदेश्यले स्वास्थ्य शिविर राखिएको वाइसीएल पर्साका इन्चार्ज सन्तोष पटेलले बताएका छन्।
उनले बताए अनुसार अहिले गर्मी संगै भिडभाड हुने भएकोले भक्तजनहरुलाई कुनै पनि किसिमको स्वास्थ्यमा समस्या नआउन हामीले दुईवटा संगठन छुट्टाछुट्टै ठाउँमा शिविर राखेर सेवा दिइरहेका छौं भनेर बताएका छन् । मेला भर्ना टाढाबाट आउने भएकोले उनीहरूलाई डाक्टरको सल्लाह अनुसार अौषधी उपलब्ध गराउने काम हामीले गरेका छौं यो हाम्रो विशुद्ध सेवाको भावनाले खतेको र सहयोग गरिरहेको बताएका हुन । हाम्रो यो स्वास्थ्य शिविर बाट करिब ५०० भन्दा धेरै भक्तजनहरुले लाभ लिएको बताए ।
यहाँ सिटामोल,भिटामिन ,खोकी ,ज्वरो ,जिवनजल,एनटिभाइटिक,पानी देखि लिएर अन्य अौषधि गरेर करिब १० किसिमका अौषधीहरु वितरण गर्ने काम भएको नेपाल सिएमए संघ पर्साका अध्यक्ष जितेन्द्र महतोले बताएका छन् ।
भक्तजनहरुलाई यस्तो भिडभाड कुनै पनि किसिमको स्वास्थ्यमा समस्या नहोस् भन्ने चाहनाले हामीहरु यहाँ खटाएको बताए ।निशुल्क स्वास्थ्य शिविरमा प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघका केन्द्रीय उपाध्यक्ष सुभाष गुप्ता ,सचिव प्रदिप राउत,प्रगतिशील स्वास्थ्यकर्मी संगठनका जिल्ला अध्यक्ष शिवहरि,क्रान्तिकारी विद्यार्थी युनियन पर्साका अध्यक्ष कविराज पटेल ,वाइसीएल पुर्व जिल्ला संयोजक पिन्टु रौनियार ,सुशील रौनियार लगायतको विशेष उपस्थित रहेको वाइसीएल जिल्ला इन्चार्ज सन्तोष पटेलले जानकारी दिएका छन् ।