राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश सदस्यमा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त निर्वाचित भएका छन । पर्सामा रिक्त रहेको दुई प्रदेश सदस्य पुर्तिको लागि हिजो अबेर बिन्दबासिनी मन्दिरको सभा हलमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक निर्वाचनमा हरि पन्त र सुदिश प्रजापती समेत निर्बाचित भएका हुन ।
प्रदेश सदस्यको लागि भएको आन्तरिक चुनाबमा शुरुमा १४ जना योग्यता पुगेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराए पनि पछि सहमतिको बाताबरण निर्माण गर्न छ जना उम्मेदवार हरुले भने आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
अन्त सम्म कोशिश गर्दा पनि बाकीले उम्मेदवारी फिर्ता लिन नमाने पछि हरि पन्त, सुदिश प्रजापति, दिप राज पटेल, मुर्ली जलान र राम सुन्दर आर्य लगाएत ८ जनाले आ आफ्नु उम्मेदवारी कायम राखेका थिए ।
पर्साको चारै ओटा निर्वाचन क्षेत्रको निर्बाचित क्षेत्रीय पदाधिकारीहरु, जिल्लामा गठन भएका पालिका पदाधिकारीहरु र पर्साबाट निर्बाचित प्रदेश प्रतिनिधिहरु गरि २८ मतभार ९ मतदाता ० रहको निर्वाचनमा ३ मतदाता भने अनुपस्थित रहेका थिए । कुल खसेको मतमा सम्पूर्ण २५ मत सदर भएको थियो । जस मध्ये लगभग दुई तिहाइ सर्बधिक १७ मतभारद्वारा हरि पन्त निर्बाचित भएका थिए ।
यता अर्का निर्वाचित प्रदेश सदस्य सुदिश प्रजापति १० मतभार पाएर बिजयी भएका थिए । पराजित उम्मेदवारहरुमा दिप राज पटेलले ९ मत प्राप्त गरे भने अर्का पराजित उम्मेदवार मुर्ली जलान ले भने ६ मत मात्र प्राप्त गरेका थिए । त्यसै गरि राम सुन्दर आर्यले ४ मत प्राप्त गरे भने अर्का २ उम्मेदवारहरुले १र१ मत प्राप्त गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको बिधान अनुरुप पार्टीको जिल्ला सम्योजक बन्न सम्बन्धित जिल्लाको निर्वाचन क्षेत्र, गठित पालिका पदाधिकारी र निर्बाचित प्रदेश प्रतिनिधिहरु द्वारा प्रदेश कमिटि सदस्यमा निर्वाचित भएर आउनै पर्ने बाध्यकारी हुन्छ