पर्सा: कृयाशिल यूवा पत्रकार मञ्च नेपाल पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ६ महिला सहित ५२ जनाले रक्तदान गरेका छन ।
वीरगञ्ज घण्टाघर स्थित आयोजीत रक्तदान कार्यक्रममा संस्थाका अध्यक्ष प्रणय कुमार साह, उपाध्यक्ष आनन्द पटेल, कोषाध्यक्ष उपेन्द्र कुमार बरै, सदस्यहरुमा कन्हिया कुमार बर्णवाल, राजेश दास लगायतकाले रक्तदान गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दैं नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बन्जाराले रक्तसंचार केन्द्रमा रगतको अभाव देखेर यस संस्थाले आयोजना गरेको यो कार्यक्रम निकै सराहनिय रहेको बताए । उनले पत्रकारितासगैं समाजिक कार्यमा पनि यो संस्थाले आवद्ध भएर अगाडी बढिरहेको देखेर आफुलाई खुशी लागेको बताए । उनले यस्ता समाजिक कार्यलाई अगामी दिनमा पनि निरन्त्रता दिन आग्रह समेत गरेका थिए ।
सो अवसरमा पहिलो पटक रक्तलान गरेर आफु साह्रै खुशी लागेको रक्तदाता सोनी दासले बताईन । उनले समाजिक कार्यमा पुरुषसंगै महिलाहरुलाई पनि लाग्न आवश्यक रहेको बताएकी हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै उधोग बाणिज्यका अध्यक्ष अग्रवालले यस मञ्चले गरिरहेको समाजिक कार्य आम सर्व सधारणाको लागी लाभ दायक रहेको बताए । उनले यस संस्थाले रक्तदान कार्यक्रम आज मात्र नभई अगामी दिनमा पनि यस्ता अरु समाजिक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिन सुझाव दिएका थिए ।
संस्थाका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा, उधोग बाणिज्य संघ वीरगञ्जका अध्यक्ष अनिल अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युराज खडका, जनमत पार्टी पर्साका संयोजक ओप्रकाश सरार्फ, समाजसेवी नन्दकिशोर गोयल, प्रकाश थारु, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरिक्षक निरोज चौलागाई, श्रीपुरका प्रमुख प्र्रहरी निरिक्षक श्याम कुमार बस्नेत संस्थाका सदस्यहरु ओमप्रकाश सरार्फ, मुकेश कुमार यादव, दिपेश ठाकुर, उपेन्द्र पटेल, सुनिल ओझा लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सहजिकरण संस्थाका महासचिव बिरेन्द्र साहले गरेको थिए ।