वीरगञ्ज । बारागढीस्थित अस्थायी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शनिवार राति चिरान काठ लोड गरिएको पिकअपसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका व्यक्तिहरूमा करैयामाई गाउँपालिका(७ पिपराका ४० वर्षीय हरिभजन चौधरी, ३५ वर्षीय रामप्रताप चौधरी, र वडा नं.५ तेतरियाका २७ वर्षीय दिपनारायण चौधरी रहेको डिभिजन वन अधिकृत राजीव कुमार झाले जानकारी दिए ।
प्रहरीका अनुसार काठ लोड गरिएको पिकअप ९ना ३ च १९०१० लाई मोटरसाइकलमार्फत स्कटिङ्ग गर्दै गरेका विश्वास चौधरी, श्रवण कुमार धामी, र अफताब चौधरी भने फरार भएका छन् । तर, स्कटिङ्गमा प्रयोग गरिएको मोटरसाइकल ९म.प्र. ०३.०२८प ५०१४० भने वन गस्ती टोलीले नियन्त्रणमा लिएको छ ।
अनुसन्धानका क्रममा काठ करैयामाई गाउँपालिका–७ पिपरामा रहेको श्रवणको मिलबाट लोड गरिएको खुल्न आएको छ । पिकअप पोखरिया र भवानीपुरको बिचमा रोकिएको अवस्थामा फर्निचर उद्योगका लागि लंगडा चोकतर्फ गइरहेको बेला पक्राउ गरिएको हो ।
डिभिजनल रेन्जर अक्दुल करिमका अनुसार पिकअपबाट ७३ थान सिसौंका चिरान काठ ९२०.६ क्युफिट० र ३५ थान सालका चिरान काठ ९२०.५८ क्युफिट० बरामद गरिएको छ । कुल काठ ४१.५८ क्युफिटको रहेको बताइएको छ ।
पक्राउ परेका तीन जना, पिकअप र बरामद काठलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, बारा बुझाइएको छ ।
फरार रहेका विश्वास चौधरी, श्रवण कुमार धामी र अफताब चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ । वन सम्पदाको तस्करीमा संलग्न सबैमाथि कडा कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ ।