छठ पूजाको अवसरमा वीरगन्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । छडिअर्वा स्पोर्टस् क्लवको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
घडिअर्वा पोखरी परिसरमा आयोजित कार्यक्रममा ५ जना महिलासहित ४८ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा कुशुम मल्लिक, गायत्री कुमारी, नेहा ठाकुर, अमृता मल्लिक, खुसी मराठा, सरोज कुमार कानु, किशोरी साह कानु, सन्तोष कुमार साह, लखन गुप्ता, जितेन्द्र सिंह, घनश्याम प्रसाद साह, प्रमोद यादव, मनोज साह कलवार, सोनु चौधरी, रोशन साह कानु, अंगत साह कानु लगायतका छन् ।
वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष सुशील कुमार साह, छठ पूजा समितिका अध्यक्ष दिलिप कुमार साह, उपाध्यक्ष मनोहर कुमार साह, सचिव सन्तोष साह, सहसचिव प्रदीप कुमार गुप्ता, कोषाध्यक्ष उमाशकर साह, सदस्यहरु प्रभाकर कुमार गुप्ता, ओम प्रकाश गुप्ता, किशोरी साह कानु, सम्भु साह कानु लगायतकाको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप(शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता, रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डे, जितेन्द्र कुशवाहा, नितेश यादव लगायतले प्राविधिक सहयोग उपलब्ध गराएका थिए ।