वीरगञ्ज– दिपेन्द्र जयसवाल (बारा) बाराको कोल्हवी नगरपालिका वडा नं १ मा रहेको होटल तमागढी ईभेन्ट भेन्युको सभा हलमा आज श्री तमागढी वचत तधा ऋण सहकारी संस्धा लि.कोल्हवीको १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथी संस्था को जेष्ट सदस्य बंसन्त ढकालले पानसमा दिप प्रज्जोलित गरी एक समारोहको बीच सो संस्थाको साधरण सभाको उद्घाटन गर्नु भएको थियो । संस्थाको अध्यक्ष एकराज आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा सो साधरण सभामा संस्थाको अध्यक्ष एकराज आचार्यले वार्षिक प्रतिवेदन र कालिका भण्डारीले निती तथा कार्यक्रम बजेट प्रतिवेदन सभा समक्ष प्रसुत गर्नु भएको थियो।
सो कार्यक्रमा बारा क्षेत्र न.१ को प्रतिनिधी सभा सदस्य माननिय अच्युत प्रसाद मैनाली प्रदेश सभा सदस्य त्रिलोकी प्रसाद चौधरी वडा न.१ को वडाअध्यक्ष राजहरण चौधरी, वडा नं ४ को वडा अध्यक्ष बिष्णु प्रसाद संस्थाको पुर्व श्याम प्रसाद खनाल, तमागढी ग्रुपका युवराज मैनाली, कोलहवी नगरपालिका वडा न.२ को वडा अध्यक्ष गोपाल प्रसाद अधिकारी, बारागढी गाँउपालिका वडा न.४ को वडा अध्यक्ष एवम् गाँउ प्रवक्ता पन्नलाल साह, करैयामाई गाँउपालिका वडा न.१ को वडा अध्यक्ष सोनालाल साह, तमागढी बचत तथा ऋण सहकारी संस्था लि.को प्रबन्धक बासुदेव रिमाल, कोल्हवी नगर पालिकाको पु्र्व नगर प्रमुख भरत बहादुर भण्डारी, बारा जिल्ला वचत तथा ऋण सहकारी संघ लि.को अध्यक्ष सत्येन्द्र ठाकुर अनुप दिपनी मा.बि., कोल्हवीको पुर्व प्रचार्य केवल प्रसाद चौधरी, कोल्हवी नगर पालिका वडा न.६ को पुर्व वडाअध्यक्ष एवम् नगर प्रवक्ता पुरनदेव चौधरी लगायत उपस्तिती रहेको थियो।
सो साधरण सभामा उक्त संस्थाको सेवा उप शाखाहरु खोपवा सेवा केन्द्र नयाँ बस्ती सेवा केन्द्र सिमरा सेवा केन्द्र र कोल्हवी सेवा केन्द्र गरी चारवटा संस्थाहरुको संस्थाहरु सञ्चालक समिती को सबै पदधिकारीहरु शेयरधनी सदस्यहरु स्थानिय जन प्रतिनिधी राजनितिक दल बिभिन्न संघ संस्थाको प्रतिनिधी शिक्षक शिक्षिका बुद्धिजीवी नागरिक समाजका अगुवाहरु सुरक्षा कर्मी संञ्चारकर्मीहरु लगायतको उपस्तिती रहेको थियो भने कार्यक्रमको संञ्चालन पदम प्याकुरेलले गर्नु भएको थियो