काठमाडौं । बलिउड सिनेमा ‘सिंघम अगेन’ नेपालका सिनेमा घरहरूबाट उत्रिएको छ । आजबाट यो चलचित्र नेपालका हलबाट उतारिएको हो ।
अजय देवगन अभिनीत सिनेमा आजबाट नेपाली दर्शकले हेर्न पाउने छैनन् । वितरककै आग्रहमा प्रदर्शकले आजबाट यो सिनेमा उतारेका हुन् ।
नेपालमा ‘सिंघम अगेन’ ए–एट, डीसीएन र आरआरले संयुक्त रूपमा वितरण गरेका थिए । चलचित्रले राम्रो व्यापार नगरेका कारण ‘सिंघम अगेन’को प्रदर्शन रोकिएको डीसीएनका सञ्चालक अशोक शर्माले जानकारी दिए ।
नेपाली वितरकबाट पेमेन्ट नभएपछि इन्डियाबाट केडीएम रोकिदिएकाले प्रदर्शन रोक्ने अवस्था आएको भन्ने छ नि? भन्ने प्रश्नको जावफमा शर्माले भने, “यो वाहियता कुरो हो । भ्रम फैल्याउने कुरा हो । यसमा कुनै सत्यता छैन ।”
सिनेमामा दर्शक नभएपछि उतारिएको उनको दाबी छ । “नेपालमा मात्रै होइन भारतमा पनि यो चलचित्रले राम्रो बिजनेस गर्न सकेन । हामीले बिजनजेस भएन भनेपछि उनीहरूले त्यसो भए डिस्कन्टिन्यु गर, हामी केही कन्सिडर गरौँला भनेका छन्,” वितरक शर्माले बाह्रखरीसँग भने, “दुई हप्ता सिनेमा चलाएपछि पेमेन्ट भुक्तानी भएन भन्ने कुरा हुँदैन । पहिला नै पैसा नपठाए उनीहरूले केडीएम नै दिँदैनन् ।”
रोहित शेट्टी निर्देशित सिनेमा ‘सिंघन अगेन’मा अजयसँगै रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ, अर्जुन कपूरलगायत कलाकारको अभिनय छ ।