२९ चैत,वीरगञ्ज । आज स्थानीय होटल क्लार्कमा गृह मन्त्री रबि लामिछानेले कुनै पनि सर्वसाधारण नागरिक तथा बिभिन्न पेशा र ब्याबसाय गर्ने कसैले पनि उचच पदश्थ प्रहरी प्रशासन तथा राजनीतिक दलको नेताको सहारा लिने मानिसले नेपालको बिद्यमान ऐन कानूनको पालना गरेको नबुझीने हुनले गैर कानूनी हर्कत गर्ने जो कोहीलाई पनि बर्तमान सरकारले नछाडने घारणा राख्नुभएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने वीरगञ्जमा छन् । वीरगञ्जको गण्डक स्थित होटल क्लार्क रिसोर्टमा आयोजित राजस्व चुहावट सम्बन्धी कार्यक्रममा उहांले सो धारणा राख्नुभएको हो । देशकै प्रमुख प्रवेशद्वार तथा औद्योगिक एवम् आर्थिक नगरी मानिने वीरगञ्जबाट राजस्व चुहावटलाई कम गर्ने विषयमा भन्सार प्रशासक तथा सुरक्षा निकाय एवम् सम्बन्धीत सरोकारवालास“ग छलफल गर्ने क्रममा उहांले ती धारणा राख्नुभएको हो ।
बारा तथा पर्साका सीमा नाकाबाट व्यापक रुपमा हुने तस्करी नियन्त्रण तथा राजस्व चुहावटलाई रोक्नका लागि उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । राजस्वको लक्ष्य भेटाउनका लागि सक्रिय रुपमा लाग्न आग्रह गर्दै उनले अवैध रुपमा हुने चोरी, पैठारी तथा तस्करीको नियन्त्रणमा कुनै कसर बा“की नराख्ने बताएका छन् ।
गृहमन्त्री लामिछानेले यस अघि राजस्ज तथा नेपाल प्रहरी र शसश्त्र प्रहरी लगायतका निकायका सुझाव समेत लिनु भएको थियो । उहांले अव कु्नै पनि अर्थमा नेताको घर र ढोका धाउनेहरुको कल्याण नहुने धारणा राख्नुहूदै सीमावती क्षेत्रबाट हुने सबै प्रकारको अपराधको प्रकृतिको बारेमा आफु जानकार रहेको हुनाले यस्तालाई कसैले पनि बचाउन नसक्ने समेत बताउनुभएको छ ।
उहांले नेपालको बिद्यमान जटिलताको निदान गर्न बर्तमान सरकार निर्माण भएको धारणा राख्नुहुंदे परिणाम दिन नसक्ने कुनै पनि कर्मचारी अव चयनले बस्न नसक्ने समेत बताउन्ुभयो । आजै उद्योगी तथा ब्याबसायीहरुको समेत सम्बोधन गर्नुहुृंदै राजस्व चोरी गर्ने, भ्याट नतिर्ने, अवैध काराबार गर्ने जो सुकै भएपनि कारवाहीको कठघरामा खडा हुनुपर्ने बताउनुभयो उहांले सम्झौता बिपरित संचालित क्यासिनोको बारेमा समेत आफु जानकार रहेको बताउनुभयो ।