काठमाडौं । अघिल्लो दिनको तुलनामा आज मंगलबार कालीमाटी बजारमा अधिकांश तरकारीको भाउ घटेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सानो गोलभेँडा, रातो आलु, गाजर, बन्दागोभी, लौका, घिरौंला, हरियो फर्सी, भिन्डी, बरेला, इस्कुस, च्याउको भाउ घटेको छ । पाकेको फर्सी, चिचिन्डो र घिउ सिमी केही महँगिएको छ ।
कालीमाटी बजारमा यस दिन रातो आलु ७०, भारतीय रातो आलु ६५, सानो गोलभेँडा ८५, ठूलो गोलभेँडा १००, प्याज १०५, स्थानीय बन्दागोभी १००, स्थानीय काउली १०० रुपैयाँ प्रतिकिलो छ । लाम्चो भन्टा ८०, डल्लो भन्टा ९०, तने बोडी १४०, मकैबोडी ७०, मटरकोशा १४० रुपैयाँ किलो छ ।
त्यस्तै घिउ सिमी १४०, टाटे सिमी १३०, परवर १००, घिरौंला ७०, हरियो फर्सी ६०, भिन्डी १००, इस्कुस ३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
रायो साग पनि सस्तिँदै गएको छ । यस दिन प्रतिकिलो ५० रुपैयाँमा झरेको छ । मेथी र चमसुर साग १५० तथा पालुंगो साग १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । तरुल ९०, कन्य च्याउ २०० र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो छ ।