।।।
श्री नेपाल रेल्वे माध्यमिक बिधालयका पुर्व प्रअ हरिहर प्रसाद यादवले सबैभन्दा ठूलो कुरा खुलासा गरेका छन् । उनले बताए अनुसार रेल्वे स्कुलमा आफुले बबली कुमारीलाई अहिलेसम्म नदेखेको नत मैले नियुक्तिपत्र दिएको नत सरुवा गरेको अहिले आफ्नो नाम जोडिएकोमा यस्तो बताएका छन् ।
अहिले आफुले सो कागजात हेर्दा सबै नक्कली भएको आफ्नो नक्कली हस्ताक्षर श्रीराम जानकी आधारभूत बिधालयका प्रअ भुपेन्द्र तिवारीले लेटर प्याड समेत प्रयोग गरेको उनले बताएका हुन । बीरगंज महानगरपालिका वडा नम्बर २४ मा रहेको श्री राम जानकी आधारभूत बिधालयमा योग्यता र उमेर नपुग्दै दुई जना बालविकास शिक्षिकामा नियुक्ति गरेको बारे विभिन्न संचार माध्यमा समाचार प्रकाशित भएको भए पनि अहिले बबली कुमारीलाई जोगाउन ठूलै शक्ति लागि परेको छ। अहिले मेरो बारेमा जतिसुकै समाचार आए पनि मलाई केही फरक नपर्ने भनेर बताउने गरेको हो ।
उनलाई जोगाउन प्रअ देखि अन्य शक्ति केन्द्रले जोगाउने काम भइरहेको अखिल क्रान्तिकारी विद्यार्थी युनियनका अध्यक्ष कविराज पटेलले बताएका छन् । यस्तो गलत प्रवितिको रोक्न अब उनीहरू संग लाग्ने जोसुकैलाई पनि भन्डाफोर अभियान गरेर अगाडि बढने बताए । उता बबली कुमारीले १५ वर्षमै नियुक्ति लिएर पढाउदै आएकी र रिकु कुमारीले पनि बिना नियुक्ति पत्रले बिधालयमा पढाउने काम गदै आइरहेको र यी दुबै जनाको सम्पूर्ण कागजात अख्तियारले नियन्त्रणमा लिएको भए पनि अहिलेसम्म कुनै कारवही नभएको बताए ।
उनले बताए अनुसार अहिले अख्तियारले पनि किन खासै चासो नलिएको यसको पछाडि ठुलै आर्थिक चलखेल भएको हुन सक्ने अध्यक्ष पटेलले बताए । अहिले केवल अख्तियार नाम मात्रै जस्तो भएको अनुभुती हुन थालेको किन भने उनीहरू माथि उजुरी परेको महिनौं भइसक्यो तर गुमनाम जस्तै भएको छ। अख्तियारले पनि अहिले सम्म आफ्नो कुनै कदम नचाल्नु र मौन भएर बस्नुले त्यहाँ ठूलै शक्तिशालीको प्रभाव परेको वा अख्तियार पनि उनीहरू संग मिलिभग भएर यो कानुनी कारवही अगाडि नबढेको हुन सक्ने उनले बताएका छन्। बबली कुमारीले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर सबैलाई भ्रमित पार्ने काम भएको छ।तत्कालीन बगही गाविस वडा नम्बर ६ परिवर्तित बीरगंज महानगरपालिका वडा नम्बर २८ बस्ने वर्ष १५ का बबली कुमारीलाई नेपाल रेल्वे माध्यमिक बिधालयले मिति २०६५ असार १३ गते बालविकास शिक्षिकाको रुपमा पठनपाठन गराउन नियुक्तिपत्र लिएको क्रान्तिकारी विद्यार्थी युनियनका पर्साका अध्यक्ष पटेलको भनाइ रहेको छ।
अर्को अचम्मको कुरा जिल्ला प्रशासन कार्यालय पर्सा बाट मिति २०६८ भदौ २३ गते नेपाली नागरिकता प्राप्त गरेका छन् ।उनले प्राप्त गरेको नागरिकतामा उल्लेख गरिएको जन्म मिति २०५० पुस २६ गते उल्लेख रहेको छ । नागरिकताको आधारमा नियुक्तिपत्र पाउने हो भने बबली कुमारीको उमेर १५ वर्ष मात्रै पुगेको देखिन्छ । भने अर्कोतिर उनले पेस गरेको शैक्षिक प्रमाणपत्र पनि भारतीय नक्कली शैक्षिक प्रमाणपत्र रहेको विद्यार्थी नेता पटेलले बताएका छन् ।
उनले उमेर नपुग्दै नियुक्तिपत्र र शैक्षिकप्रमाणपत्र नक्कली छ भनेर बीरगंज महानगरपालिकाको शैक्षिक महाशाखाका प्रमुख अरबिन्दलाल कर्ण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबली कुमारीको यथार्थ शैक्षिक विवरणहरु पठाउन भनेर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखामा पत्र पठाए पछि महाशाखाले श्री राम जानकी आधारभूत बिधालयलाई पत्र काटेर तुरुन्त बबली कुमारीको सत्य तथ्य विवरण पठाउन भनेर बिधालयको नाममा पत्र काटेर दिएको भए पनि प्रअ प्रभु जैसवाललाई माग गरिएकोमा बिधालयका प्रअ जैसवालले कुनै जवाफ दिन नसकेको अध्यक्ष पटेलले बताएका छन् ।
त्यहाँ सर्वदलीय बैठकले बबली कुमारी र रिकु कुमारीको तलबभत्ता रोक्न र सरुवा नगराई जुन ठाउँमा कार्यरत छन् सोही ठाउँमा रहन दिन भनेर सर्वसम्मतिले बीरगंज महानगरपालिकाको शिक्षा महाशाखालाई उक्त निर्णय बुझाएको तर कारवही गर्नुपर्ने ठाउँमा उल्टै सरुवा गरेर उनको मनोबल बढाउने काम गरेको बताए । हामीले मिति २०८१र४र३ गते शिक्षा महाशाखाले श्री नेपाल राष्ट्रिय आधारभूत बिधालय सौराहा अठाराहा ९१८० मा सरुवा गरेकोमा शिक्षा महाशाखा माथि शंका उब्जाएको बताए । उनलाई तुरुन्त स्पष्टीकरण सोध्ने काम नगरी सरुवा गर्नुले काहीं यो मुद्दामा शिक्षा महाशाखा र अख्तियार दुबैको हात त छैन भन्ने विभिन्न चर्चा परिर्चचा चाल्न थालेको आभाष लागेको विद्यार्थी नेता पटेलको भनाइ रहेको छ ।
अहिले दुबै शिक्षिका जोगाउन अगाडि पछाडि ठूलै शक्ति लागि परेको हुन सक्ने तर यस्ता गलत गर्ने जोकोही भए पनि यसको भन्डाफोर हुन जरुरी रहेको छ। नक्कली शैक्षिक प्रमाणपत्र लिएका शिक्षिका बाट गुणस्तरीय शिक्षाको कुरा गर्नु बिधालयमा अध्यापन गरिरहेका विद्यार्थीहरुको गुणस्तरीय कहाँबाट हुन्छ । यहाँ उच्च शिक्षा हासिल गरेका बिबिएस र एमबिए गरेका विद्यार्थीहरु सडकमा छन् ।यस्ता शिक्षिकाबाट अध्यापन गराउने सामुदायिक बिधालयको शैक्षिक गुणस्तरीय कहाँबाट उकालो लाग्छ। बिधालयले नतिजा राम्रो ल्याउन सकेन भनेर ठूलाठूला कुरा गर्ने र गफ लडाउने काम हुन्छ तर उतातिर बबली कुमारी जस्ताले शिक्षा दिइरहेको छ।
अहिले त यस्तो समाचारले मेरो केही फरक पदैन अख्तियारमा मेरो मान्छे छ मलाई कसैको डर छैन भनेर धक्कु लगाउदै हिड्ने गरेको छ तर उनले जसरी कुरा गरिरहदा अख्तियारले कुनै किसिमको कारवही नर्दा त्यहाँ ठूलै पावर वा आर्थिक चलखेल भएको हुन सक्ने अनुमान गरिएको विद्यार्थी नेता कविराज पटेलले बताएका छन् । उनले भने कसको पावरमा अहिलेसम्म बबली कुमारीलाई हटाउन सकेन हामीलाई आचार्य लागेको छ भनेर बताए ।उनले बताए अनुसार सोही बिधालयमा अर्का शिक्षिका रिकुकुमारी पनि नियुक्तिपत्र बिना नै बिधालयमा कार्यरत छिन् ।बालविकास सहयोगी शिक्षिकाको रुपमा कार्यरत रिकुकुमारीलाई श्री रामजानकी प्राविमा रमाना गरेको पत्रअनुसार हाजिर गराउन बिधालय ब्यवस्थापन समितिको सर्वसम्मतिले निर्णय गरेको भनेर उल्लेख गरिएको बेहोराको पत्रमा जिल्ला शिक्षा कार्यालय बाट दिएको नियुक्तिपत्रको कुनै प्रमाण भेटिएको छैन।
बिधालयको लेटर प्याडमा बिधालय ब्यवस्थापन समितिको बैठकको मिति र जिल्ला शिक्षा कार्यालयले पठाएको भनी उल्लेख गरिएको चलानी नम्बर पनि केरमेट गरि लेखिएको र जिल्ला शिक्षा अधिकारीलाई सम्बोधन गरि लेखिएको लेटर प्याडमा बिधालय ब्यवस्थापन समितिको मिति २०६८र५र१० उल्लेख गरिएको ठाउँमा ५ गतेलाई ८ गते बनाएको छ। भने अर्कोतिर जिल्ला शिक्षा कार्यालय पर्साको चलानी नम्बर ४० लेखिएको ठाउँमा पनि केरमेट गरेर ५५ लेखिएको छ। राजनीतिक पहुँचका कारण यो बिषय धेरै लुकाएर राख्ने काम भए पनि अनन्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि यो घटना बाहिर सार्वजनिक भएको हो।
अहिलेसम्म नत अख्तियारले कारवही गरेको छ नत बीरगंज महानगरपालिकाको शिक्षा महाशाखाले अब अख्तियार र महानगरपालिकाको शिक्षा महाशाखाले कारवही नगरे अखिल क्रान्तिकारी विद्यार्थी युनियन पर्सा कडा एक्सनमा उत्रिने तयारी रहेको अध्यक्ष कविराज पटेलले बताएका छन् । उनले भने अख्तियार अहिलेसम्म किन मौन छ यहाँ आर्थिक चलखेल भएको हुन सक्ने आसंका गरिएको होइन भने अहिलेसम्म किन मौन भनेर बसेको छ हामी विद्यार्थी युनियन अख्तियारको समेत भन्डाफोर गर्न बाध्य हुनेछौ भनेर अध्यक्ष पटेलले बताएका छन् । बबली कुमारीलाई जोगाउने अहिले ठूलै शक्ति लागि परेको बताइएको छ। अहिले नेपाल रेल्वे माध्यमिक बिधालयका पुर्व प्रअ यादवको भनाइ सार्वजनिक भए पछि बबली कुमारीले शक्ति केन्द्र फेरि धाउन थालेको छ।