दुई दिनअघि कालीमाटी बजारमा प्रतिकिलो १०५ रुपैयाँ रहेको प्याज अहिले ९५ रुपैयाँमा झरेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । आलुको भाउ केही दिनदेखि स्थिर छ । रातो आलु ७०, भारतीय रातो आलु ६५, सेतो आलु ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
समितिका अनुसार आइतबार सानो गोलभेँडा तथा घिउ सिमी केही महँगिएको छ । कालीमाटीमा स्थानीय सानो गोलभेँडा ९५, टनेल सानो गोलभेँडा १२०, ठूलो गोलभेँडा १००, तथा तराईको सानो गोलभेँडा अधिकतम १०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
समितिका अनुसार आइतबार तने बोडी १५०, मकैबोडी ७०, मटरकोशा १८०, घिउ सिमी १३५, टाटे सिमी १३०, तिते करेला १००, लौका ६०, स्थानीय परवर ९०, भिन्डी १२०, बरेला अधिकतम ७० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।
इस्कुस ३०, रायो साग ४५, पालुंगो साग १००, चमसुर साग १५०, तोरीको साग ६० रुपैयाँ प्रतिकिलो छ । तरुल ९०, कन्य च्याउ २००, डल्ले च्याउ ३२०, कुरिलो १२०० रुपैयाँ प्रतिकिलो छ ।