काठमाडौं । बलिउडमा ‘हिरो नम्बर वन’को रुपमा चर्चित अभिनेता गोविन्दा केही समयदेखि ठूलो पर्दाबाट गायब छन् । प्रशंसक उनलाई फिल्ममा फर्किएको हेर्न चाहन्छन् । प्रशंसकको यो अपेक्षा पुरा हुने देखिएको छ ।
कपिल शर्माको कमेडी शो ‘द ग्रेट इन्डियन कपिल शो’को सिजन २ मा शनिबार शक्ति कपूर र चंकी पाण्डेसँगै गोविन्दा पनि अतिथिका रूपमा सामेल थिए ।
जहाँ उनले लामो ब्रेकपछि बलिउडमा कमब्याक गर्ने घोषणा गरे । एक नभई, तीनवटा फिल्मको औपचारिक घोषणा पनि गरे । ‘आ गया हिरो’पछि आफू अर्को फिल्मको पर्खाइमा रहेकाले अब छिट्टै ३ वटा फिल्ममा काम सुरु गर्ने उनले बताए ।
गोविन्दाले भने, ‘मेरो एउटा फिल्म बायाँ हातको खेल हो । दोस्रो फिल्म पिंकी डार्लिङ र तेस्रो फिल्म देन इट्स अल अबाउट बिजनेस हुनेछ । रोचक कुरा के छ भने यी तीन फिल्ममा गोविन्दासहित शक्ति कपुर र चंकी पाण्डे पनि देखिनेछन् ।
नेटफ्लिक्समा स्ट्रिम गरिएको ‘द ग्रेट इन्डियन कपिल शो’को सिजन २ को यो एपिसोड धेरै हिसाबले विशेष थियो । एकातिर गोविन्दाले बलिउडमा कमब्याकको घोषणा गरे । अर्कोतर्फ, उनका भतिजा कृष्ण अभिषेकसँगको ७ वर्षको बन्द बोलचाल टुंगियो ।
गोविन्दा र पत्नी सुनिता आहुजासँग कृष्णा अभिषेकको सम्बन्ध लामो समयदेखि राम्रो छैन । यस विषयमा गोविन्दाले कपिल शर्माको शोमा पहिलो पटक खुलेर कुरा गरे र झगडाको कारण बताए । यो सुनेर कृष्ण भन्छन्, ‘हो, म पनि उनलाई धेरै माया गर्छु । यदि त्यस्तो कुनै अनुभूति भएमा क्षमा चाहन्छु । म तिमीलाई धेरै माया गर्छु ।’
गोविन्दाले किल दिल, हिरो आ गया, फ्राइडे र रंगीला राजाबाट बलिउडमा कमब्याक गरे पनि पहिलेको जस्तो लोकप्रियता भने कमाउन सकेनन् । कोभिड लकडाउनपछि गोविन्दाले आफूलाई फिल्मबाट पूर्णतया टाढा राखेका थिए । अभिनय, नृत्य, कमेडी सबै कुरामा चर्चित गोविन्दालाई फेरि ठूलो पर्दामा देख्न पाउनु दर्शकको लागि खुसीको कुरा हो ।