अनिता साहको अध्यक्षतामा भोजपुरी प्रतिष्ठान वीरगञ्जको कार्य समिति पुनर्गठन भएको छ । सात सदस्यीय समितिको सदस्यहरुमा आमोद प्रसाद गुप्ता, सलमा खातुन, सर्वजीत पासवान, मुकेश महतो नुनीया, अमित अग्रवाल र अजय चौरसिया रहेका छन् ।
सल्लाहकारहरुमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, भाषा आयोगका सदस्य गोपाल अश्क, वरीष्ठ पत्रकार चन्द्रकिशोर झा, भोजपुरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एव् वरीष्ठ साहित्यकार दिनेश गुप्ता, वरीष्ठ साहित्यकार प्रमोद पाण्डे रहेका छन् । भोजपुरी प्रतिष्ठान वीरगञ्जका संस्थापक अध्यक्ष एंव साहित्यकार उमाशंकर द्विवेदीको गत २०७९ चैत १७ गते निधन भएपछि प्रतिष्ठानको गतिविधि निष्कृय भएको थियो । महानगर प्रमुख राजेशमान सिंहको प्रयासमा प्रतिष्ठानलाई पुनःसकृय बनाउन नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो ।
वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको अध्यक्षता तथा वीरगञ्ज महानगरपालिकाका प्रमुख सिँहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुनर्गठित समितिका अध्यक्ष र सदस्यहरुलाई बुधबार एक कार्यक्रमका बीच मनोनयन पत्र वितरण गरीएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख सिँहले भोजपुरी भाषा, संस्कृती र साहित्यलाई उजागर गर्ने तथा जनजनको मनमनमा पु¥याउने र विकास गर्दै एउटा छुट्टै पहिचान बनाउने उद्देश्यले भोजपुरी प्रतिष्ठानको ठुलो भुमीका हुन सक्ने बताए ।
महानगर प्रमुख सिंहले वीरगञ्जका विद्यालयहरुमा कम्तीमा हप्तामा एक दिन भोजपुरी भाषा साहित्य, सस्कृतीको बारेमा कक्षा संचालन गर्ने योजना सुनाए । साथै भोजपुरी भाषा, संस्कृती झल्काउने संग्राहलय समेत स्थापना गर्ने आफ्नो योजना रहेको पनि उनले बताए ।
कार्यक्रमका अध्यक्ष एवं वीरगञ्ज महानगरपालीका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले स्थानीय भाषाको विकासका लागि स्थानीयकै भुमीका महत्वपुर्ण रहेको बताए । उनले भोजपुरी भाषा, संस्कृती, साहित्य, रहनसहन, खानपान लगायतका विषयवस्तुमा आधारीत पुस्ताकलय, संग्राहलय, आर्ट ग्यालरी तथा पाठ्यक्रम तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।