वीरगञ्ज : बुधबार सेयर बजारको परिसूचक नेप्से २४।९७ अंक घटेर २७५० अंकमा कायम भएको छ । यस गिरावटसँगै बजारको कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको कारोबार भएको छ ।
१०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ, जबकि ८ कम्पनीको मूल्य स्थिर रह्यो । अघिल्लो दिन उच्च दरले बढेका व्यापार समूहको मूल्य आज ८।७ प्रतिशत घटेको छ । विशेषगरी, विशाल बजार कम्पनीको मूल्य ९।१७ प्रतिशत घटेपछि व्यापार समूहमा ८।७२ प्रतिशतको गिरावट आएको हो ।
अर्को, बैंकिङ समूहमा ०।३४ प्रतिशत, विकास बैंकमा १।९४ प्रतिशत, फाइनान्समा १।२४ प्रतिशत, होटलमा ०।४० प्रतिशत, जीवन बीमा १.५० प्रतिशत, लगानीमा ०।०२ प्रतिशत, निर्जीवन बीमा ०।३३ प्रतिशत र अन्य समूहमा ०।७४ प्रतिशतको गिरावट आएको छ ।
यसैबीच, माइक्रोफाइनान्स, उत्पादन र हाइड्रोपावर समूह क्रमशः ०।१२, ०।१४ र ०।५९ प्रतिशतले बढेका छन ।
खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढेको छ। अन्य उच्च मूल्य वृद्धि गर्ने कम्पनीहरुमा इङ्वा हाइड्रोपावर ९९.७ प्रतिशत०, स्वाभिमान लघुवित्त ९९.४ प्रतिशत०, अपरहेवाखोला ९८.७ प्रतिशत०, माथिल्लो मैलुङखोला जलविद्युत ९८.३ प्रतिशत०, र सूर्योदय लघुवित्त ९७.८ प्रतिशत० रहेका छन् ।
विपरीत, सपोर्ट माइक्रोफाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य १० प्रतिशत घटेको छ । साथै, विशाल बजार कम्पनीको मूल्य ९।१७ प्रतिशत, नेपाल फाइनान्सको ५।०१ प्रतिशत र सुपरमादी हाइड्रोपावरको ४.५ प्रतिशत मूल्य घटेको छ ।
कारोबार रकमको आधारमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत, सानिमा माइ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर प्रमुख रूपमा अगाडि रहेका छन् ।