सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटोल र वडा प्रहरी कार्यालय बिर्ताद्वारा लागु औषध दुव्र्यसनी तथा ओसार पसार सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । बिरगंजको कुम्हालटोल स्थित मुनलाइट स्कुलमा सम्पन्न कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा कुम्हालटोलकी साबित्री भुमिहारले गरेका थिए ।
वडा प्रहरी कार्यालय पर्सा बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं र कंचनजङ्गा स्कुलका डाईरेक्टर माटिन मोक्तानले प्रहिक्षण दिएका थिए । प्रहरी निरीक्षक चौलागाइको अनुसार कुलतमा परे पछी शारीरिक तथा मानसिक असरहरु हुने, विभिन्न किसिमका बिमारीहरु लाग्न सक्ने ,समाजिक मानमर्यादाको हनन हुने र समाजमा इज्जत समेत नपाउने बताए ।
कार्यक्रममा प्रमुख अतिथि वडा प्रहरी कार्यालय पर्सा बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाई, विशिष्ट अतिथि मुनलाइट स्कुलका डाइरेकटर श्याम केसी ,बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह,संचारकर्मी सन्तोष रन्जितकार,अभिलाष गुप्ता, कंचनजङ्गा स्कुलका डाईरेक्टर माटिन मोक्तान लगाएतकाहरुको उपस्थित रहेको थियो।
साथै सामुदायिक प्रहरी सेवा कुम्हालटोलका पदाधिकारी, सुशील बर्णबाल , तारा बिष्ट, ज्ञानमाया रायमाझी, सामुदायिक प्रहरी सेवा कुम्हालटोलका प्रहरी हवल्दार कुमार बिक, प्रहरी हवलदार दिलिप कोईरीको पनि उपस्थिति रहेको थियो।