वीरगञ्ज– स्वर्गीय शंकरलाल केडियाको ८९ औँ जन्म जयन्तीको अवसर तथा डिएभीआरबी केडिया स्कुलको ३१ औँ वार्षिकोत्सब आफ्नै बिधालयको प्रारङगमा सम्पन्न भएको छ। डिएभीआरबी केडिया स्कुलका संचालक सुनिल केडियाको अध्यक्षता तथा भारतीय महावाणिज्यदूतबास बीरगंजका कन्सुलर देवी शरण मिनाको प्रमुख आतिथ्यमा सो वार्षिकोत्सब समारोह सम्पन्न भएको हो ।
वार्षिकोत्सब समारोहमा मिनाले यस बिधालयले शिक्षा क्षेत्रमा धेरै उत्कृष्ट योगदान गरेको चर्चा गर्नुभएको थियो ।बिधालयले आधुनिकता संगै विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा राम्रो गरिरहेको बताए । आफुलाई बिधालयको गतिविधि देखेर धेरै खुशी लागेको र आगामी दिनहरुमा थप यो भन्दा राम्रो अगाडि बढेको देख्न पाउ भनेर शुभकामना दिनुभएको थियो । उनले भने सासना बालबालिकाहरुको नृत्य तथा विभिन्न जातजातिको संस्कार र संस्कृति र उत्कृष्ट शिक्षा प्रदान गरेकोमा उहाँले बधाई समेत दिनुभएको हो ।उहाँले आफुले गर्नुपर्ने सहयोग सधैं जारी रहने प्रतिबद्धता समेत जनाउनु भएको छ।
बिधालयको वार्षिकोत्सब समारोहमा बिधालयले नर्सरी देखि कक्षा १२ सम्म उत्कृष्ट विद्यार्थीहरुलाई सम्मानित गर्नुको साथै विभिन्न बिधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत सम्मानित गरिएको बिधालयका प्रिन्सिपल राकेश मिश्रले जानकारी दिनुभएको छ।बिधालयको वार्षिकोत्सब समारोहमा डिएभीआरबी केडिया काठमाडौंका उपप्रधानध्यापक रामचन्द्र खनाल ,भ्याईश चियरमैन डाक्टर बिजय अग्रवाल ,केडिया परिवार सुनिल केडिया,सन्दिप केडिया,सौरभ केडिया,प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधान ,उपाध्यक्ष शिवजी गुप्ता ,सचिव राहुल श्रीवास्तव,राजेन्द्र कोइराला ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,समाजसेवी पशुपति विक्रम शाह,उषा शाह,पत्रकार धिरज दारुका,रेडक्रस सोसाइटीका मधु राणा ,लगायत विभिन्न बिधालयका प्रिन्सिपलहरुको उल्लेखनीय सहभागी रहेको थियो ।कार्यक्रमको स्वागत मनतब्य बिधालयका प्रिन्सिपल राकेश मिश्रले गर्नुभएको थियो ।कार्यक्रमको सहजिकरण शिक्षिका मेधा दधिजले गरेकी थिइन् ।