वीरगन्ज : पर्साको बहुदरमाइ नगरपालिकाको कागजात तथा फर्निचर सामानहरुमा विद्यार्थीहरु आगो लगाइदिएका छन् ।बिहीबारदेखि पठनपाठन अवरुद्ध भएपछि विद्यार्थीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।
तर अझ पनि आफ्नो मागप्रति मेयर सिंगासन साह तेली गम्भीर नभएको भन्दै विद्यार्थीहरुले शुक्रबार विहानै कार्यालयको सामान तथा कागजात बाहिर निकालेर आगो लगाइदिएका हुन ।
बहुदरमाइ वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र यादवका अनुसार विद्यार्थीहरुले नगरपालिकाको कुर्सी, टेबल, दराज, कागजात तथा कम्प्यूटर बाहिर निकालेर आगो लगाइदिएका छन् ।
उनका अनुसार हिजोदेखि शिक्षकहरुले विद्यालय बन्दको पठनपाठन ठप्प गरेपछि नगरपालिका वडा नम्बर– ४ स्थित नेपाल राष्ट्रिय उच्च माविका विद्यार्थीहरुले आन्दोलित भएका हुन ।
लामो समयदेखि तलब नपाएपछि शिक्षकहरु विद्यालय बन्द गरेका हुन । विद्यालय बन्द भएपछि आक्रोशित विद्यार्थीहरु बिहीबार विहान नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको वडा नम्बरका वडाअध्यक्ष यादव बताउँछन् ।उनका अनुसार करिब ६ महिनादेखि शिक्षकहरुले तलब पाएका छैनन्, त्यही रिसले शिक्षकहरु सल्लाह गरेर आजदेखि पठनपाठन ठप्प पारे ।
उनी भन्छन्, ‘शिक्षकहरु एकाएक विद्यालय बन्द गरेपछि विद्यार्थीहरु पनि आक्रोशित भए, त्यसपछि उनीहरुको टोली संयुक्तरुपमा आएर नगरपालिकाको कार्यालयमा तालाबन्दी ग¥यो । त्यो ताल्चा अहिलेसम्म खुलाइएको छैन ।’
मेयर सिंगासन साह तेलीले बजेटमा अख्तियारी नदिँदा नगरपालिकाको खाता सञ्चालन हुन सकेको छैन ।लामो समयदेखि शिक्षक, कर्मचारी तथा ज्येष्ठ नागरिकहरुले भत्तासमेत लिन नसकेको वडाअध्यक्ष यादवको भनाइ छ ।नगर परिष्द भइसक्दा पनि मेयर तेलीले बजेट खर्चको अख्तियार प्रदान नगर्दा विवाद उग्ररुप लिँदै गएको हो ।