वीरगञ्ज– तेस्रो संस्कारको स्वर्गीय शंकरलाल केडियाको ८९ औँ जन्म जयन्तीको अवसर तथा डिएभीआरबी केडिया स्कुलले हिजो (आईतबार) देखि मेमोरियल अन्तर बिधालय फुटबल प्रतियोगिता शुरु गरेको छ।
बिधालयको आफ्नै १२ वटा निजी बिधालयका विद्यार्थी खेलाडीहरु सहभागी रहेका छन् । प्रतियोगितामा सहभागी बिधालयहरु डिएभीआरबी केडिया स्कुल ,साउथजोन माध्यमिक बिधालय ,मनकामना मावि ,दिल्ली पब्लिक स्कुल ,कादम्बरी स्कुल ,जीवन ज्योति मावि ,मुनलाइट मावि ,लिटिल फ्लावर मावि ,ज्ञान्दा एकेडेमी ,मेरिल्गोड मावि ,मालिनी एकेडेमी ,काभरी एकेडेमी गरि १२ वटा बिधालय सहभागी रहेको छ।
डिएभीआरबी केडिया स्कुलका संचालक सुनिल केडियाको अध्यक्षता तथा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यमा सो मेमोरियल अन्तर बिधालय फुटबल प्रतियोगिताको उदघाटन गर्नुभएको हो ।प्रमुख आतिथ्य अर्यालले बिधालयले शिक्षा क्षेत्रमासंगै एउटा छुट्टै खेलकुदमन्त्री बिधालय हुनुपर्नेमा जोड दिनुभएको छ। खेल क्षेत्रले छुट्टै पहिचान जोड्ने भएकोले यसको छुट्टै आवश्यकता रहेको बताए ।यस डिएभीआरबी केडिया स्कुलले शिक्षा क्षेत्र संगसंगै स्वास्थ्य ,खेलकुद तथा अन्य क्रियाकलापमा समेत उत्कृष्ट योगदान गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले चर्चा गर्नुभएको थियो ।बिधालयले आधुनिकता संगै विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा राम्रो गरिरहेको र थप अतिरिक्त क्रियाकलापहरु गर्न सुझाव दिनुभएको हो । आफुलाई बिधालयको गतिविधि देखेर धेरै खुशी लागेको र आगामी दिनहरुमा थप यो भन्दा राम्रो र उत्कृष्ट कार्यक्रम गरेर अगाडि बढेको देख्न पाउ भनेर बताएका छन् । समारोहमा विभिन्न बिधामा उत्कृष्ट भएका खेलाडी विद्यार्थीहरुलाई समेत सम्मानित गरिने बिधालयका प्रिन्सिपल राकेश मिश्रले जानकारी दिनुभएको छ।
बिधालयको वार्षिकोत्सब समारोहमा डिएभीआरबी केडियाका प्रदिप केडिया,सुनिल अग्रवाल ,डाक्टर बिजय अग्रवाल ,केडिया परिवार सुनिल केडिया,सन्दिप केडिया, सौरभ केडिया, प्याब्सन जिल्ला कार्यसमिति पर्साका अध्यक्ष पुरन प्रधान, वरिष्ठ उपाध्यक्ष शिवजी प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, प्याब्सन मधेस प्रदेशका वरिष्ठ सल्लाहकार श्याम केसी ,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई, केडिया आँखा अस्पतालको प्रशासन प्रमुख प्रकाश बर्मा दिनेश बंकत,,पत्रकार धिरज दारुका,लगायत विभिन्न बिधालयका प्रिन्सिपलहरुको उल्लेखनीय सहभागी रहेको थियो ।कार्यक्रमको स्वागत मनतब्य बिधालयका प्रिन्सिपल राकेश मिश्रले गर्नुभएको थियो ।कार्यक्रमको सहजिकरण शिक्षिका मेधा दधिजले गरेकी थिइन् ।