बीरगंज महानगरपालिका वडा नम्बर ५ रहेको एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्सा बीरगंजको १७ औँ वार्षिक साधारणसभा आज लक्ष्मी नारायण पार्टी प्यालेसमा सम्पन्न भएको छ।
एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मञ्जु देवीको अध्यक्षता तथा बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको प्रमुख आतिथ्यमा सम्पन्न सो वार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको उदघाटन समारोहमा नगर प्रमुख सिंहले बीरगंजलाई स्वच्छ तथा सुन्दर बनाउने र बैभव बीरगंजको परिकल्पना गरेकोमा नगरबासीहरुले पनि सहयोग गर्नुपर्ने बताएका छन् ।
मेरो उदेश्य भनेको बीरगंजलाई सुन्दर बनाउने अठोट लिएको त्यसैले भोट दिएर पठाएको छु सबै नगर प्रमुखले मात्र गर्छ भनेर नसोच्न अपिल समेत गरेका छन् ।एकता महिला बचत तथा ऋण सहकारीको लागि भवन बनाउन बीरगंजमा जग्गा आफू दिन तयार रहेको तर कानुनी प्रक्रिया बाट आउन आग्रह गरेका हुन । आफू बीरगंजको लागि सधैं तयार रहेको र सक्रिय संघसंस्थाहरुलाई जग्गा दिन कुनै बार कुरिरहनु नपर्ने नगर प्रमुख सिंहको भनाइ रहेको छ।
साधारणसभामा उपमेयर इम्तियाज आलम, राष्ट्रिय सहकारी महासंघका संचालक शम्भु गुप्ता ,जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष राकेश यादव ,राष्ट्रिय सहकारी बैंकका प्रमुख संजय महतो,नेस्फस्कुनका प्रमुख गौतम कुमार साह,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,लुमन्ति जितपुर सिमरा उपमहानगरपालिका कार्यक्रम संयोजक अब्दुल कैस,एकता महिला बचत तथा ऋण सहकारी संस्थाका कर्जा प्रमुख साहेब हुसेन ,शहरी गरिव सशक्तीकरण समाजका सदस्य कमल महतो,नेपाल आराधना समाजका अध्यक्ष अवधेश प्रसाद साह लगायतले आ,आफ्नो धारणा एवम् शुभकामना दिनुभएको थियो ।
संस्थाका कोषाध्यक्ष आमाना खातुनले वार्षिक आय ब्याय प्रस्तुति गर्ने क्रममा महिला शेयर सदस्य १५ सय ७८ जना रहेकोमा शेयरपुजी ४८ लाख ४६ हजार ७०० सय र जगेडा कोषमा १९ लाख ८१ हजार रहेको छ ।त्यस्तै नियमित बचत २ करोड ६९ लाख ४४ हजार बाल बचत १८ लाख ४४ हजार ९३४ विशेष बचत ४ लाख ४२ हजार ८४५ ऐच्छिक बचत ८९ लाख १५ हजार ६७३ संचयकोष बचत २ लाख ९४ हजार ५८१ स्वास्थ्य बचत ३ लाख ४८ हजार ३८९ रहेको र सदस्यहरु संग ब्यापार घर निर्माण ,धारा शौचालय निर्माण ,शिक्षा स्वास्थ्य लगायतमा ४ करोड १७ लाख ९२ हजार असुल गर्न बाकी रहेको छ भने अन्य विभिन्न कोषहरुमा करिब १३ लाखभन्दा धेरै लगानी गरेको प्रतिवेदनमा उल्लेख गरेकी छिन् ।संस्थाको वार्षिक प्रगति प्रतिवेदन रुपा पटेलले गरेकी थिइन् भने स्वागत मनतब्य संस्थाका पुर्व अध्यक्ष बसन्ती देवीले गरेकी थिइन् ।