इमानदारिता पारदर्शिता तथा जवाफदेहिताको लागि १८ औ सामाजिक लेखाजोखा कार्यक्रम २०२३ आज स्थानीय होटल रोयल पार्टी प्यालेन्समा सम्पन्न भएको छ । दिब्य विकास स्रोत केन्द्र कालिकामाइ गाउँपालिका वडा नम्बर ५ विरन्चीवर्बा पर्साको आयोजना र सीएआरइ ( care) एक्सन एण्डको सहकार्यमा उक्त १८ औ सामाजिक लेखाजोखा कार्यक्रम २०२३ सम्पन्न भएको हो ।
दिब्य विकास श्रोत केन्द्रका अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्षता तथा जिल्ला समन्वय समिति पर्साका सभापति निरन्जन सोनारको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा उहाँले अहिले यो दिब्य विकास स्रोत केन्द्रले जसरी शिक्षा स्वास्थ्य दलित ,सिमानकृत,दृष्टिविहन,बालबालिका ,बृद्ध,किशोरी ,पछाडि पारिएका मानिस तथा उत्पिडनमा परेका ब्यक्तिहरु,दाइजो प्रथा,बालबिवाह,कुरिति लगायतमा राम्रो काम गरेको प्रंशास गर्नुभएको थियो ।
दिब्य विकास स्रोत केन्द्र बाट अरुले पनि पाठ सिक्न जरुरी रहेको सोनारले बताएका छन् ।संस्थाले वर्षभरि के कस्ता गतिविधि गरेको हो र के कति खर्च भएको भन्ने बारेमा समेत पारदर्शिता गरेर देखाउने काम गर्नु समाजको लागि धेरै उदाहरण रहेको बताए ।
दिब्य विकास स्रोत केन्द्र पर्साका कार्यकारी निर्देशक रामाकान्त पटेलले संस्थाको उदेश्य माथि प्रकाश गर्ने क्रममा आफुहरुले विभिन्न शिक्षा स्वास्थ्य आर्यआर्जन देखि लिएर आफ्नो अधिकार कसरी सुनिश्चित गर्ने र आफुलाई सक्षम बनाउदै बालविवाह ,दाइजो प्रथा सिमानकृत,महिला ,बालबालिका ,अपांग दलित ,एकल महिला बृद्ध,तथा पछाडि पारिएका मानव जातिको उत्थान गर्ने काममा लागि परेको बताए। अहिले आफुहरुले महानगरपालिका ,नगरपालिका ,गाउँपालिकाहरु संग आपसमा समन्वय र सहकार्य गदै अगाडि बढने काम गरिरहेको कार्यकारी निर्देशक पटेलले बताएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उपसभापति पुरन प्रसाद कुर्मी ,पटेवा सुगौली गापा प्रमुख दिनेश चौधरी ,उपाध्यक्ष ममता महतो,जनस्वास्थ्य कार्यालय पर्साका कौशलेन्द्र मिश्र,नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनाल ,सहसचिव अजय चौरसिया,प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत राई,गैरसरकारी संस्था महासंघका अध्यक्ष छठु साह,बित प्रबन्धक श्याम किशोर प्रसाद चौहान,कोषाध्यक्ष देवनाथ ठाकुर ,महासचिव सोनालाल राउत ,मुक्ति नारायण साह,लगायतले आ,आफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रमको प्रतिवेदन प्रस्तुति कार्यक्रम प्रबन्धक गणेश बहादुर ठकुरीले गर्नुभएको थियो ।कार्यक्रमको सहजिकरण पत्रकार सुर्य विकले गरेका थिए।