वीरगञ्ज– लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटि वीरगन्जद्वारा आँखा तथा दात चेकअफ शिविर सम्पन्न गरेको छ। सो शिविर बिरगंज वडा नम्बर १६ स्थित भुटन देबी मन्दिर नजिक अनामिका चाईल्ड भिजन स्कुलमा सम्पन्न भएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथी भाईस डिस्टिक गभर्नर लायन राम बिहारी पाण्डेको आतिथ्य एवं डा.लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा लायन्स क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिका उपाध्यक्ष सुशिला साह, सचिव देवन्ती साह, कोषाध्यक्ष कविता खडका, सदस्यहरु सुगन्धी कुश्वाहा, पूर्व डिस्टिक गभर्नर लायन डि.एन.अग्रवाल, लायन नरोतम पाण्डे लगाएतकाहरुको उपस्थिति रहेको थियो।
सो शिविरमा किरण आँखा अस्पताल र एभरेष्ट दन्त किल्निकको सहयोगमा सम्पन्न भएको थियो। किरण आँखा अस्पतालका प्राविधिक गुडिया महतो, कबिता पोखरेल, राज कुमारी भण्डारी एवम् एभरेष्ट दन्त किल्निकका प्राविधिक डा. दिल्ली राम भण्डारी, डा. बाबुजान अल्ली लगाएतकाहरुको विशेष उपस्थिति रहेको थियोे।
सो शिविरमा अनामिका चाईल्ड भिजन स्कुलका पि.जी.देखि २ कक्षा सम्मको स–साना विद्यार्थीहरुको आँखा तथा दात चेकअफ गरिएको थियो भने उक्त चेकमा १२० जना विद्यार्थीहरु मध्ये ४ जना विद्यार्थीहरुको आँखामा समस्या निक्लेको थियो भने अरु विद्यार्थीहरु लाई सामान्य समस्या एवम् एलर्जी थियो उनीहरुलाई निशुल्क आई.डरप दिईएको थियो। भने १२० जना विद्यार्थीहरुको दात चेकअफ पनि गरिएको थियो।
उक्त कार्यक्रममा अनामिका चाईल्ड भिजन स्कुलका संचालिका अनामिका मिश्रा एवम् संचारकर्मी अभिलाष गुप्ता, कविता खडका लगायतको सहभागीता रहेको थियो ।