वीरगञ्ज : मधेस प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रदेश स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय पर्साको आयोजनामा आज नारायणी अस्पतालको सभा हलमा एक दिने विभिन्न स्वास्थ्यकर्मी, पत्रकार ,निजी अस्पतालका डाक्टर ,मेरी स्टोभ लगायतको उपस्थितिमा विभेद हुने गरि लिङ्ग पहिचान गरि गर्भपतन विरुद्ध प्रचारप्रसार तथा जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय पर्साका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर मुक्ति नारायण साहको अध्यक्षता तथा नारायणी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर चुमनलाल दासको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डाक्टर मेसु दासले अहिले जुन किसिमको असुरक्षित गर्भपतन भइरहेको छ यसले महिला धेरै असुरक्षित हुने गरेकोले यसलाई जनचेतनामूलक मार्फत धेरै भन्दा धेरै प्रचारप्रसार गर्न आवश्यकता रहेको बताएका छन् ।सरकारले तोकेको मापदण्डअनुसार खोलिएका अस्पतालहरु र क्लिनिकहरुमा मात्र गर्भपतन गराउन सल्लाह दिनुभएको छ। अहिले जथाभावी क्लिनिक वा औषधी पसलहरुमा गर्भपतन गराउने औषधी विक्रि वितरण भइरहेकाले यसलाई रोकथाम गर्न अति आवश्यकता रहेको डाक्टर मेसुले बताएका हुन ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका वरिष्ठ जनस्वास्थ्य प्रशाशक डाक्टर मुक्ति नारायण साहले प्रतिवेदन प्रस्तुति गर्ने क्रममा नेपाल सरकारले नेपालमा गर्भपतन गर्ने कानुनी मान्नेता दिएको भए पनि अहिले तोकिएको स्वास्थ्य संस्थामा नजाने र लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने भएकोले धेरै महिलाहरु असुरक्षित रहेको बताए ।अधिकाश पहिलो सन्तान जन्म भए पछि दोस्रो सन्तान जन्माउने बेलामा लिङ्ग पहिचान गर्ने परिपाटी भएकोले त्यस्तो अवस्थामा धेरै जोखिम हुने भएकोले दक्ष डाक्टर र नेपाल सरकारले तोकेको स्वास्थ्य संघसंस्थामा मात्र गएर सुरक्षित गर्भपतन गराउन सुझाव दिनुभएको छ।उनले प्रतिवेदनमा उल्लेख गरे अनुसार पहिलो बच्चा छोरा हुने महिलाहरुको दोस्रो बच्चाको लैगिक अनुपातमा सन्तुलन देखि पहिलो बच्चा छोरी छ भन्ने दोस्रो बच्चा जन्मदाको लैगिक अनुपातमा असन्तुलन देखिएको हुन्छ जसमा १२२ छोरा जन्मदा १०० छोरीको जन्म हुने भएकोले लिङ्ग पहिचान गरि गर्भपतन गराउने भएकोले यसलाई रोकथाम गर्न व्यापक जनचेतनाको आवश्यकता रहेको बताएका छन् । यसले गर्दा असुरक्षित गर्भपतनले महिलाहरु जोखिममा पर्ने गरेको बताए ।
अहिले धेरै जसो अविवाहित युवतीहरुले असुरक्षित गर्भपतन गराउने र जथाभावी औषधी सेवान गर्ने भएकोले जोखिम बढीरहेको बताएका छन् ।२०७८ को राष्ट्रिय जनगणना अनुसार बालबालिका जनसंख्या १ करोड ५ लाख ७७ हजार ९७९ जना बालकको संख्या ५४ लाख ७५ हजार ८९ जना बालिका ५१ लाख २ हजार ८८० जना फरक ३ लाख ४७ हजार ९ जना रहेको तथ्यांक प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति निरजन प्रसाद सोनार,क डाक्टर सुरेन्द्र चौधरी ,ओम हस्पिटलका डाक्टर जगत दिप,नारायणी अस्पतालका नरसिंह प्रमुख श्रृती शाह,डाक्टर प्रियका चौधरी ,अनमि हेमा थापा, जन भन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई,डाक्टर स्वेता सिंह लगायतले आ,आफ्नो धारणा राख्नु भएको थियो ।कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नसिग अधिकृत मिरा कुमारी यादवले गरेकी थिइन् ।