काठमाडौं । शुक्रबार कालीमाटी होलसेल बजारमा मटरकोशा सस्तिएको छ ।
अघिल्लो दिन प्रतिकिलो औसत ११५ रुपैयाँ रहेको मटरकोशा शुक्रबार औसत ६५ रुपैयाँमा झरेको छ । अधिकतम ७० रुपैयाँमा मटरकोशा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
दुई साताअघि प्रतिकिलो औसत १७५ रुपैयाँ रहेको मटरकोशा अहिले आपूर्ति बढेसँगै सस्तिएको हो ।
साथै घिउ सिमी, टाटे सिमी, काउली, सखरखण्ड, बन्दा पनि सस्तिएको छ । समितिका अनुसार आज घिउ सिमी प्रतिकिलो ७०, राजमा ६०, टाटे सिमी ५०, तिते करेला १००, लौका ६०, परवर १००, भिन्डी ११०, बरेला ५०, इस्कुस ४० रुपैयाँमा कारोबार भएको छ ।
तरुल ८०, कन्य च्याउ १००, डल्ले च्याउ ४००, ब्रोकाउली ५० रुपैयाँ छ । रातो आलु ५५, भारतीय रातो आलु ४५, प्याज ७२, ठूलो गोलभेँडा ९० तथा स्थानीय सानो गोलभेँडा ३५ रुपैयाँमा कारोबार भएको छ ।