बीरगंज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका स्थितमा रहेको गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औँ वार्षिक साधारणसभा आज नगर सभाहलमा सम्पन्न भएको छ।
गृह लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि। का अध्यक्ष अशोक राउत अहिरको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका संचालक शम्भु प्रसाद गुप्ताको प्रमुख आतिथ्यमा सो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।साधारणसभाको उदघाटन समारोहमा प्रमुख अतिथि गुप्ताले यस सहकारी संस्थामा बचत गर्ने बचतकर्ताको रकम सुरक्षित रहेको बताएका छन् ।
उनले भने जसरी अहिले सहकारीमा बदनाम भइरहेको बेलामा यस संस्थाले गरेको उपलब्धि धेरै राम्रो भएको बताए ।जन सहकारी संस्थाले यसरी वार्षिक साधारणसभा मार्फत आफ्नो बचतकर्ताहरुलाई संस्थाले वर्षभरि गरेका गतिविधि बारे जानकारी दिन्छ त्यो संस्था कहिले पनि पछाडि नपर्ने गुप्ताले बताएका छन्।
वार्षिक साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डित ,महासचिव जिष्णु बराल ,सिएमसि क्लबका निवर्तमान अध्यक्ष चन्देश्वर चौरसिया,नेफ्स्कुनका निवर्तमान संचालक हरेराम पटेल ,राष्ट्रिय सहकारी बैंक पर्साका प्रमुख संजय महतो,नेफ्सकुन पर्साका कार्यालय प्रमुख गौतम साह,तथा विभिन्न सहकारी संस्थाका पदाधिकारीहरुको उपस्थित रहेको थियो।
संस्थाका प्रबन्धक उमेश साह तुरहाले स्वागत मनतब्य गर्ने क्रममा यस संस्था २०६६ साल मंसिर १९ गते डिभिजन सहकारी कार्यालयमा दर्ता भइ वडा नम्बर ५ मा कार्य क्षेत्र शुरुआत गरेको अहिले आएर १५ अौ वार्षिक साधारणसभा गरिरहदा संस्थाले २०७४ सालदेखि कोर बैकिङ्ग सफ्टवेयरको माध्यमबाट सदस्यहरुलाई सुविधा प्रवाह गर्ने उदेश्यले मोबाइल बैकिङ,क्युआर कोड एटीएम बाट भुक्तानी फन्ड ट्रान्सफर ,युटिलिटि पैमेन्ट मनि ट्रान्सफर सेवा लगायत उपलब्ध गराउदै आइरहेको बताए।
उनले भने बचतकर्ताहरुलाई सहजरूपमा सुविधा होस् भनेर सदस्य सेवा केन्द्र पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिसुवा र वडा नम्बर ८ नयाँ बसपार्कमा समेत सदस्य सेवा केन्द्र खोलेर काम गदै आइरहेको संस्थाका प्रबन्धक तुरहाले बताएका छन्। त्यसैगरी संस्थाका कार्यकारी अधिकृत प्रमुख रवि भूषण श्रीवास्तवले छलफल बाट उठेका जिज्ञासा र प्रश्को जवाफ दिने क्रममा संस्थाले २५ जना शेयर सदस्यहरुबाट रु २ लाख ५१ हजार १०० बाट शुरुआत गरेको हाल १५ अौ वार्षिक साधारणसभा गर्ने क्रममा शेयर सदस्य २३०७ जना रहेको बताएका छन् ।
उनले भने अहिले शेयर पुजी १ करोड ८६ लाख ८६ हजार ५०० सय कुल बचत २७ करोड १७ लाख २१ हजार १४६ रहेको बताए । संस्था संञ्चालन आम्दानी ५ करोड २३ लाख २२ हजार र संचालन खर्च ५ करोड १३ लाख ४४ हजार रहेको बताएका हुन। संस्थाले अहिले अर्थतन्त्रमा केही समस्या देखा परे पनि आफ्नो संस्थामा बचत गर्ने बचतकर्ताहरुलाई बिना झन्झटबाट सहजरूपमा ऋण उपलब्ध गराउने काम गरेको बताए।
आफ्नो संस्था सहकारी मुल्य मान्यता र सिद्धान्तमा रहेर विभिन्न क्षेत्रमा लगानी गरेको कार्यकारी अधिकृत श्रीवास्तवले बताएका छन् । उनले भने संस्थामा काम गर्ने उत्कृष्ट कर्मचारीहरुलाई प्रोत्साहन स्वरूप सम्मानित गरिएको छ भने संस्थाबाट लोन लिने ऋण समयमा चुक्ता गर्ने ऋणीहरु पवन कुमार ,मायादेवी कनइन,मिना देवी,शेषनाथ मिश्र ,छोटेलाल साह तुरहालाई पनि प्रोत्साहन स्वरूप सम्मानित गरिएको जसले गर्दा उनीहरूलाई पनि संस्थाले हाम्रो लागि पनि केही गदोरहेछ भन्ने अनुभुती गराउने काम भएको बताए।
अर्कोतिर उत्कृष्ट बचत गर्ने प्रिति कुमारी ,अम्बिका पण्डित ,एमडि साहिल,हिरालाल साह कानु लगायतलाई संस्थाले सम्मानित गरेको थियो । संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष अशोक राउतले गर्नुभएको थियो भने वार्षिक आयब्याय कोषाध्यक्ष ओमप्रकाश महतो नुनियाले गरेका थिए।भने कार्यक्रमको सहजिकरण पत्रकार उज्ज्वल घिमिरेले गरेका थिए।