वीरगञ्ज : वीरगञ्ज महानगरपालिका वडा नं. ७ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कुम्हालटोल टोल सुधार समाजले कुम्हालटोलस्थित मेरी गोल्ड स्कुलको प्रांगणमा आयोजना गरेको कार्यक्रममा ६ जना महिलासहित ३१ जनाले रक्तदान गरेको रक्तसचार केन्द्र वीरगञ्जका राजन श्रीवास्तवले जानकारी दिए ।
उनकाअनुसार कार्यक्रममा सुष्मा श्रेष्ठ, बिनिता श्रेष्ठ, ज्ञान माया रायमाझी, सिल्की श्रीवास्तव, चाँदनी मिश्रा, सुनिता श्रेष्ठ, अनमोल कोईराला, आदित्य राजवंशी, जितु साह कानु, दिपु सराफ, सम्भु जैसवाल, प्रमोद सराफ लगायतले रक्तदान गरेका हुन् ।
कुम्हालटोल टोल सुधार समाजका अध्यक्ष नन्दलाल राउत अहिरको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष हिराकाजी महर्जनले रक्तदान जस्तो पुण्यको काम कुनै नभएको दाबी गरे । रक्तदानले जीवन दान गर्ने हुँदा सबैले रक्तदान गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय नगवाका प्रमुख रुपेश झा, समाजका वरिष्ठ उपाध्यक्ष अशोक गुप्ता, उपाध्यक्ष रामबाबु रायमाझी, सचिव हेमन्त साक्री, सह सचिव रितेस गुप्ता, कोषाध्यक्ष बैधनाथ साह, पत्रकार राजेन्द्र सिंह,समाजसेवी राजेन्द्र भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डे, राजन श्रीवास्तव, नेपाल रेडक्रस सोसाइटी रेशमकोठि शाखाका युवा संयोजक अभिलाष गुप्ता, मनिष गुप्ता, लिलाधर साह, समिर आलम लगायतले प्राविधिक सहयोग गरेका थिए ।