वीरगञ्ज– जनजागरण युवा क्लब बरियारपुर बाराको २७ औं वार्षिक उत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४ महिला सहित ५२ जनाले रक्तदान गरेका छन्। कार्यक्रम गढीमाई मन्दिर नजिकै भएको हो। उक्त रक्तदान कार्यक्रममा गढीमाई नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो।
सो कार्यक्रमका प्रमुख अतिथीमा गढीमाई नगरपालिकाका नगर प्रमुख मेयर उपेन्द्र यादवको आतिथ्यमा सम्पन्न भएको हो। तथा विशिष्ट अतिथिमा जनजागरण युवा क्लब बरियारपुर बाराका कार्यकारी निर्देशक डा.श्री निवास बैठा, उपाध्यक्ष राज देव साह लगायतकाहरुको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ भने कार्यक्रम जनजागरण युवा क्लबका अध्यक्ष भैया राम यादवको अध्यक्षता सम्पन्न भएको छ।
उक्त रक्तदान कार्यक्रममा ४ महिला सहित ५२ जना रक्तदाताहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए। सो रक्तदान कार्यक्रममा रक्तदान गर्नु हुनेमा रिना कुमारी, गङ्गा थापा, मिना गुप्ता, अवधेश प्रसाद यादव, बाबुराम प्रसाद यादव, नवराज घिमिरे, नरेश प्रसाद साह, मुन्द्रिका चौरसिया, सुरेश यादव, पवन सहनी लगायतकाहरुले रक्तदान गरेका थिए।
उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठि शाखाका युवा सन्योजक अभिलाष गुप्ता, रक्तसंचार बिरगंजका मनिष गुप्ता, नितेश यादव, लिलाधर साह समिर अलि लगाएतकाहरुले प्राबिधिक सहयोग गरेका थिए।