बीरगंज महानगरपालिका वडा नम्बर ८ घन्टाघर नजिकै रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औ वार्षिक साधारणसभा आज स्थानीय होटल कुमुप्यालेसमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष सुरेश प्रसाद कोइरीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साका अध्यक्ष राजेश पण्डितको प्रमुख आतिथ्यमा सो वार्षिक साधारणसभा सम्पन्न भएको हो ।साधारणसभाको उदघाटन समारोहमा प्रमुख अतिथि पण्डितले भने यो सहकारी संस्था ऐन नियम कानुन बमोजिम संचालन भइरहेकोले यसमा कुनै संङका गर्ने ठाउँ नभएको र आफ्नो बचत सुरक्षित रहेको समेत बताएका छन् ।
वार्षिक साधारणसभामा नेफस्कुनका निवर्तमान संचालक हरेराम पटेल ,राष्ट्रिय सहकारी बैंक पर्साका प्रमुख संजय महतो,जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा संयोजक एवम् शिवम सहकारी संस्थाका राजेन्द्र जैसवाल ,संघका कोषाध्यक्ष नगनारायण सिंह ,बिस्कोका अध्यक्ष डिल्ली बिक्रम कार्की ,नेपाल पत्रकार महासंघका सहसचिव अजय चौरसिया जनभन्डाफोर दैनिकका कार्यकारी सम्पादक जगत राई लगायतले आ,आफ्नो धारणा एवम् शुभकामना दिनुभएको थियो ।
संस्थाले बचत गर्ने उत्कृष्ट बचतकर्ताहरु लालकिशोर गुप्ता ,अजय चौधरी ,बिजय राम,तालविन आलम,साक्षी पटेल ,रमेशकुमार यादव महम्मद नसिम मियाँ मंन्सुरी,इनरकली देवी राजकुमार साह,चान्द किरण यादव र उत्कृष्ट ऋणीहरु खेम जोशी र सधा देवी लगायतलाई सम्मानित गरिएको संस्थाका ब्यवस्थापक रामजनम महतोले जानकारी दिनुभएको छ।
उनले बताए अनुसार अहिले शेयर पुजी ७०७ जनामा ८ लाख २२ हजार बचत ८ करोड ४० लाख ७१ हजार रहेको छ भने ऋण लगानी ५ करोड २९ लाख ४२ हजार रहेको बताएका छन् । कार्यक्रम वार्षिक आयब्याय प्रतिवेदन लेखा संयोजक कृष्णप्रसाद सोनारले गर्नुभएको थियो भने स्वागत मनत्यब सचिव रोशन यादवले गर्नुभएको थियो ।कार्यक्रमको सहजिकरण संस्थाका ब्यवस्थापक रामजनम महतले गर्नुभएको थियो ।